कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्य न्यायाधिवक्तामा नियुक्त […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ

कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार आयोजित एक समारोहमा उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले शपथ गराएका हुन्। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। शर्मालाई बुधबार बसेको गण्डकी […]

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले पद तथा …

प्रदेश १ का नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए शपथ

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमवार शपथ लिएका छन् ।  उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा उनलाई शपथ गराएका हुन् ।  श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुन् । शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कात्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेका हुन् ।  श्रेष्ठ इटहरीको जनता कलेजका पूर्व प्रमुखसमेत हुन् ।

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअध

मधेशका मुख्य न्यायाधिवक्ता ठाकुरद्वारा शपथग्रहण

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुरलाई आइतबार नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो ।