प्रदेश १ का नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए शपथ

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमवार शपथ लिएका छन् ।  उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा उनलाई शपथ गराएका हुन् ।  श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुन् । शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कात्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेका हुन् ।  श्रेष्ठ इटहरीको जनता कलेजका पूर्व प्रमुखसमेत हुन् ।