कास्कीमा असार ७ गते सम्मका लागि थपियो निषेधाज्ञा

जेठ ३०, कास्की । कास्कीमा पुनः ९ दिन निषेधाज्ञा अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्म आइपुग्दा जारी लकडाउनको समय डेढ महीना कटेको छ । खेतीपातीको मौसम शुरु भएकाले आसार १ गतेदेखि लकडाउन हट्ने सर्वसाधारण अनुमान गरेको भएपनि प्रशासनले पुनः ९ दिनका लागि समय थप गरेको छ । नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाइ रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः ९ दिनका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक/एक साता थप गर्दै आएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीवार बसेको बैठकले थप ९ दिनका लागि निषेधाज्ञा लम्बयाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा यस अघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरीद विक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरीद गर्नु पर्नेछ ।  त्यसका लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक विक्रेताले खुद्रा विक्री वितरण गर्न पाउने छैनन् । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवम् संकलन केन्द्रमा पु¥याउन र विक्री वितरण गर्न पाइने व्यवस्था गरिएको छ । त्यसैगरी सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।  सार्वजनिक तथा निजी सवारी साधन असार ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । विवाह, व्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारीसाधानमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।  उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी, श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने जानकारी दिइएको छ ।  बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीयरिङ र विप्रेषण सेवामात्र बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने जानकारी दिइएको छ । 

सम्बन्धित सामग्री

सुर्खेतमा भदौ ७ गतेसम्म थपियो निषेधाज्ञा

सुर्खेत जिल्लामा यथास्थितिमा भदौ ७ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आजदेखि भदौ ७ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको जनाएको हो। कोरोना भाइरस (कोभिड–१९)को जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाकारी दिए । उनका अनुसार औषधी तथा औषधीजन्य पसल र पेट्रोल पम्प दैनिक २४ सै घण्टा खुल्ला हुनेछन् भने खाद्यान्न लगायत अन्य पसलहरू बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न दिइनेछ।यस्तै सबै तहका प

बर्दियामा थपियो भदौ १० गतेसम्मका लागि निषेधाज्ञा

बर्दिया, साउन २५ । बर्दियामा साउन २५ गतेसम्म जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासलगायतका पसल बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ […]

सुर्खेतमा एक हप्ताका लागि थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असार ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा कम हुँदै गएतापनि पछिल्ला केही तथ्याङ्कले जोखिम उस्तै भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै थप (खुकुलो बनाउँदै) निषेधाज्ञा थपिएको हो’ उनले भने । जसमा औषधि र औषधिजन्य पदा

सुर्खेतमा असार २५ गतेसम्म थपियो निषेधाज्ञा, सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली

सुर्खेत । वैशाख १४ गतेदेखि लागु गरिएको निषेधाज्ञा थप ८ दिन थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले थप ८ दिन निषेधाज्ञा थप गरेको हो ।जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार गएराति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका निषेधाज्ञा थप गरिएको हो । पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । असार १ गतेबाट निषेधाज्ञा खुकुलो पार्दै गएकोमा

बर्दियामा एक साता निषेधाज्ञा थपियो

बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ […]

दाङमा निषेधाज्ञा थपियो

दाङमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको आज बसेको बैठकले असार १५ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय समेत गरेको छ । त्यस्तै बजार बिहान ६ बजेदेखि २ बजेसम्म खोल्ने निर्णय भएको छ ।नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने

असार १० गतेसम्म निषेधाज्ञा थपियो

सल्यानमा पाँचौ पटक निषेधाज्ञा जारी गरिएको छ । कोभिड व्यवस्थापन समितिको आजको बैठकको निर्णयानुसार कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित यही असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमगाईले जानकारी दिइन् ।

गुल्मीमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

गुल्मीमा छैठौं पटक असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।  आज राती १२ बजे देखि  असार ७ गते सोमबार  राती १२ बजे सम्मका लागि निषेधाज्ञा  थप गरिएको  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।थापिएको निषेधाज्ञालाई भने केहि खुकुलो बनाइएको  छ । जारी सूचनाअनुसार बैङ्क, वित्तिय संस्था एवं सहकारी संस्था बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै अत्यावश्यक दैनिक उपभोगका सामग्री पेट्रोलियम पदार्थ, दुध, पानी, ग्याँस, खाद्यान्न

पर्सामा तेस्रो पटक निषेधाज्ञा थपियो

कृष्णउदास खनाल, वीरगन्ज । पर्सा जिल्लामा बैशाख १६ गते देखि जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । बुधबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्दको बैठकले जेठ ६ गते बिहबिार सम्मका लागि लगाइएको निषेधाज्ञा जेठ १३ गते सम्मका लागि थप्नका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । पर्सा जिल्लामा कोरोना […]

मोरङमा जेठ ११ सम्मका लागि निषेधाज्ञा थपियो

विराटनगर : मोरङमा १० दिनका लागि निषेधाज्ञा थपिएको छ। निषेधाज्ञालाई थप कडाई गर्दै कोरोना संक्रमणको चेन ब्रेकका लागि आगामी जेठ ११ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।बैंक तथा वित्तिय संस्थाहरुले सिमित सेवा मात्रै प्रदान गर्ने बैठकको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरद कुमार पोखरेलले जानकारी दिए ।नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय व