दाङमा निषेधाज्ञा थपियो

दाङमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको आज बसेको बैठकले असार १५ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय समेत गरेको छ । त्यस्तै बजार बिहान ६ बजेदेखि २ बजेसम्म खोल्ने निर्णय भएको छ ।नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने

सम्बन्धित सामग्री

दाङमा निषेधाज्ञा फेरि थपियो

दाङ । दाङमा निषेधाज्ञा पुनः एक सातालाई थप गरिएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । खाद्यान्न पसलहरु अब हरेक दिन बिहान ६ देखि...

पाल्पा र दाङमा थपियो निषेधाज्ञा

जेठ १४, पाल्पा । पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।  कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए ।  जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अर्थ मन्त्रालयबाट रू. १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइसियू र भेन्टिलेटर खरीद गर्न रू. ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिए । हालसम्म जिल्लामा ११ हजार ७७ जनाको कोरोना परीक्षण गरिएकोमा तीन हजार ४३५ जना सक्रिय संक्रमित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको कोरोना संक्रमणकाबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  दाङमा निषेधाज्ञा दश दिन थपियो कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो । संक्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने  पलना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसका लागि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन पसलधनी र उपभोक्ताले बिषेश ध्यान दिन भनिएको छ । रासस

दाङमा निषेधाज्ञा दश दिन थपियो

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो । सङ्क्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने पलना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले […]

दाङमा एक साता थपियो निषेधाज्ञा

दाङमा एक साता निषेधाज्ञा थपिएको छ । यसअघि शनिबारसम्म ९ दिनका लागि निषेधाज्ञा गरिएको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।