सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण

झापा – झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो। देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ। सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्। जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन्। संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। आर्थिक सहायतका नाममा पछिल्लो आठ वर्षभित्र सरकारले १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम खर्चिएको छ। भूकम्पपछि सुस्ताएको तातोपानी नाका अझै लयमा फर्कन सकेको छैन। कम लागतमा बढी आम्दानी हुने भएसँगै झापाका किसान सुपारी खेतीमा आकर्षित हुन थालेका छन्। सोलुखुम्बुमा ३१ अर्ब रुपैयाँ लगानीमा १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी हाइड्रोपावार बनाइँदै छ।

सुपारी प्रशोधनमा बढ्दै लगानी

झापामा सुपारी खेती विस्तार र प्रवद्र्धनका लागि सहयोग हुन थालेपछि सुपारीको उत्पादन बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा सुपारीको उत्पादन ९ दशमलव २० प्रतिशतले वृद्धि भएको हो । सुपारीको व्यावसायिक खेती गरिरहेका किसानले उचित मूल्य पाउन थालेसँगै सुपारी खेतीमा आकर्षण पनि बढेको हो ।

सुपारी खेतीमा किसानको आकर्षण बढ्दै

इलाम । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन् । प्राय: सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताए । सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन् । बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन् । चुरे क्षेत्रका किसानले सुपारी बेचेर वार्षिक ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । सुपारी काँचै विक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन । रोङ गाउँपालिका–२ ले सुपारीको खपटाबाट टपरी बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्दछ । रासस

तथ्यांकोवाच : रू. १ अर्बको सुपारी आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. १ अर्ब बराबरको सुपारी आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा यस अवधिमा सुपारी आयातको औसत वार्षिक वृद्धिदर करीब ११ प्रतिशत रहेको देखिन्छ । कृषि श्रमिकको कमी, सुपारी खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदान दिने मुलुकको सुपारी उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम सुपारी उत्पादन हुन नसक्दा आयातमा यस प्रकारको वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै सुपारी उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर बन्न सक्छ । यहाँ प्रस्तुत तथ्यांकले सुपारी खेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।

सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

झापा । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ ।  सुपारी खेतीमा विद्यावारिधि गरेका डा. शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए । सुपारी...