काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौको माइतीघरमा धर्ना दिनुभएको छ ।
अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ पम्फा भुसाललगायतका नेताहरु माइतीघरको सडकमा बसेर धर्ना दिएका हुन् । माघ १४ गतेदेखि विभिन्न सङ्गठनहरुले धर्ना दिइरहेकोमा आइतबार (आज) अध्यक्षसहितका नेताहरु नै धर्नामा बसेका हुन् ।
धर्नामा अध्यक्षद्वयको साथमा प्रतिनिधि सभा र प्रदेश सभाका सांसद तथा अन्य नेता कार्यकर्ता पनि सहभाग...