मौद्रिक नीतिको कार्यान्वयन

सरकार परिवर्तन र अध्यादेशबाट जारी बजेटको अन्योलका कारण रोकिएको चालू आर्थिक वर्षको मौद्रिक नीति विगत वर्षमा भन्दा केही ढिला गरी शुक्रवार सार्वजनिक गरियो । नेपालमा खास मौद्रिक नीति बनाउने खासै ठाउँ नरहेको परिप्रेक्ष्यमा नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति बैंकिङ व्यवसायको नियमनमा नै बढी केन्द्रित हुने गरेकोमा यसपटक भने केही नयाँ परिवर्तनकारी सोच लिएको देखिन्छ । तर, विगतमा जस्तै चालू आवमा पनि यसको कार्यान्वयन पक्षको प्रभावकारितामा आशंका छ । चालू आवको मौद्रिक नीतिबाट राष्ट्र बैंक नीतिगत र अवधारणात्मक परिवर्तनतिर लाग्न थालेको संकेत पाइन्छ । कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई गति दिन तथा थला परेका व्यवसायलाई जोगाउन उपयुक्त विभिन्न नीति चालू आवको मौद्रिक नीतिले लिएको छ । गत आवमा पनि लिइएका यस्ता नीतिको प्रभावकारितामा प्रश्न उठिरहेको सन्दर्भमा चालू आवमा यसका नीतिगत व्यवस्थाहरूको कार्यान्वयन कत्तिको प्रभावकारी हुन्छ त्यसबाट नै लक्षित वर्ग लाभान्वित हुने र अर्थतन्त्र केही मात्रामा भए पनि जोगाउन सकिने अवस्था आउँछ । समग्रमा मौद्रिक नीतिका व्यवस्थाहरू निजी क्षेत्रलाई सहयोग गर्ने खालको भएको ठहर यसका प्रतिनिधिमूलक संस्थाहरूले बताएका छन् । यसबाहेक मौद्रिक नीतिले केही नयाँ विषयसमेत उठान गरेको छ जसले अर्थतन्त्रमा परिवर्तन ल्याउन सक्ने देखिन्छ । डिजिटल करेन्सी र डिजिटल बैंकिङ ल्याउनका लागि सम्भाव्यता अध्ययन गर्ने नीति यसको उदाहरण हो । डिजिटल करेन्सी ल्याउने भनेको बिट्क्वाइन जस्तो क्रिप्टोकरेन्सी ल्याउने होइन, भौतिक मुद्रालाई नै अभौतिक बनाउँदै लैजाने हो । यसको लागत कम पर्ने हुँदा अहिले विश्वका झन्डै ७ दर्जन मुलुक यसबारे अध्ययन गर्दै छन् भनिन्छ । राष्ट्र बैंकले पनि यसका लागि अध्ययन गराउनु भनेको नीतिगत रूपान्तरणको उदाहरण हो । डिजिटल करेन्सी कार्यान्वयनमा आए त्यसले सम्भावनाका नयाँ ढोकाहरू खेल्छ । पेमेन्ट कम्पनीहरूबाट थप बैंकिङ सेवा उपलब्ध गराउन सकिन्छ । त्यसकारण यसलाई यथाशक्य शीघ्र कार्यान्वयन गराइनु आवश्यक छ । यद्यपि पेमेन्ट गेटवे बनाउने भनिएका कैयौं वर्ष बितिसक्दा पनि नबनेबाट डिजिटल करेन्सी र डिजिटल बैंकिङमा छिटो काम होला भनेर विश्वासचाहिँ गर्न सक्ने अवस्था देखिँदैन । राष्ट्र बैंकले अहिले लिइरहेको सीसीडी रेसियोका नीति हटाएर सीडी रेसियो मात्रै अपनाउने नीति लिएको छ । पहिला पनि सीडी रेसियो नै हेरिन्थ्यो । सिद्धान्ततः हुनुपर्ने पनि सीडी रेसियो नै हो । यस नीतिगत परिवर्तनले बजारमा थप तरलता वृद्धि हुने अपेक्षा गरिएको छ । त्यस्तै राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्ने नीति लिएको छ । केवाईसीको झन्झट हटाउन इ–केवाईसीमा जाने नीति राष्ट्र बैंकले लिने भएको छ । त्यस्तै केवाईसी मापदण्डलाई समान बनाउने कुरा पनि गरिएको छ । यी नीतिहरूबाट राष्ट्र बैंक नीतिगत र अवधारणात्मक परिवर्तनतिर लाग्न थालेको संकेत पाइन्छ । साथसाथै राष्ट्र बैंक बैंकहरूबीच मर्जर गराउने झन्डै १० वर्ष पुरानो आग्रहमा अझै अडिग रहे पनि यसमा केही परिवर्तित देखिन्छ । खासगरी वाणिज्य बैंकहरूको संख्या घटाउन राष्ट्र बैंकको रुचि रहेको देखिन्छ । बैंकहरू थोरै भए राम्रो भन्ने सोचाइ राष्ट्र बैंक र पूर्वकेन्द्रीय बैंकर एवं अन्य धेरै विज्ञ मानिएकाहरूको पनि देखिएको परिप्रेक्ष्यमा यो स्वाभाविक पनि हो । तर, बैंकहरूको संख्या बढी हुनुमात्र नेपालको बैंकिङको समस्या होइन । साथै, ठूला बैंक असफल हुने सम्भावना हुन्छ र त्यसो भए अर्थतन्त्रमा ठूलो धक्का पर्न सक्छ भन्ने तर्कको भने अहिले सुनवाइ हुने सम्भावन देखिँदैन । चालू आवको मौद्रिक नीतिले आधार दर गणनाको विधि परिवर्तन गर्ने भएको छ । तर बैंक दर, वैधानिक तरलता अनुपात, अनिवार्य नगद अनुपात, ब्याजदर अन्तरजस्ता विषयमा कुनै परिवर्तन नल्याई, आधार ब्याजदरको गणना विधिमा भने परिवर्तन गर्ने बताएको छ र ब्याजदर कोरिडोर भने केही सा“घुरो बनाएकोे छ । समग्रमा सबैलाई खुशी पार्ने गरी चालू आवको मौद्रिक नीति आएको छ । यसलाई निजीक्षेत्रका सबैजसो संघसंस्थाले स्वागत गरेका छन् । कोरोना महामारीका कारण विस्तारकारी मौद्रिक नीति आउनु स्वाभाविक हो । तर, रोजगारी वृद्धि र मुद्रास्फीति नियन्त्रणजस्ता परस्परविरोधी नीतिलाई सन्तुलनमा ल्याउन पक्कै पनि सहज हुनेछैन । तैपनि कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई गति दिने प्रयाससहित ल्याइएको यो नीति समग्रमा सकारात्मक नै देखिन्छ ।

सम्बन्धित सामग्री

मौद्रिक नीति कार्यान्वयनबारे अर्थ समितिमा गभर्नरसँग सोधपुछ गरिँदै

मौद्रिक नीति कार्यान्वयन र उपलब्धिबारे आज अर्थ समितिमा छलफल हुने भएको छ।

मौद्रिक नीति सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण : सिबिफिन

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए पनि प्रयुक्त भएको कसिलो नीतिले प्रभावकारी काम नगर्ने ठहर गरेको छ । सिबिफिनले मौद्रिक नीति समग्रमा सकारात्मक भए पनि अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएका कारण नीतिले लिएका लक्ष्यको प्राप्ति र अवलम्बन गरेका कतिपय […]

मौद्रिक नीतिका लागि रायसुझाव माग

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैङ्कले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र […]

अर्थतन्त्रको समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन परिसंघको माग

२३ असार, काठमाडौं । मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । परिसंघले बिहीबार मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । […]

चालू आवको मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित छ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा उनले आर्थिक पुनरुत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरुत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताए । “कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउनभन्दा यो वर्ष सहज अवस्था छ, राष्ट्र बैंकले बैंकको तथ्या

एकीकृत निर्देशिका संशोधन गर्दै मौद्रिक नीति कार्यान्वयनमा

काठमाडौं, भदौ ९ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन शुरू गरेको छ । राष्ट्र बैंकले मंगलवार एकीकृत निर्देशन २०७७ संशोधन गर्दै मौद्रिक नीतिमा उल्लेख गरेका अधिकांश व्यवस्थाको सम्बोधन गरेको छ । एकीकृत निर्देशनमा सम्बोधन गरिएका व्यवस्थाहरूको मंगलवारदेखि नै कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएअनुसार […]

मौद्रिक नीति कार्यान्वयनमा ध्यान दिन उद्योग संगठन मोरङको सुझाव

उद्योग संगठन मोरङले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति कार्यान्वयमा ध्यान दिन राष्ट्र बैंकलाई आग्रह गरेको छ । संघले हालै जारी भएको मौद्रिक नीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पुनरकर्जाको सीमा अझै बढाउनुपर्ने जनाएको छ । संघले गत वर्षको पुनरकर्जा सुविधाको कार्यान्वयन उत्पादनमुलक उद्योगको सन्दर्भमा प्रभावकारी नभएकाले उत्पादनमुलक उद्योगका लागि निश्चित रकम छुट्टाइनु पर्ने र माग […]

अझै जनमैत्री हुनुपर्छ मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले सरकारको मौद्रिक नीति सार्वजनिक गरेलगत्तै यसले देशको अर्थतन्त्र उत्थानका साथै आमजनतालाई दिन चाहेको नीति तथा कार्यक्रमबारे केही चासोका साथ बहस चलिरहेको छ । कोभिड–१९ को महामारी संक्रमणले थिल्थिलो भएको देशको अर्थतन्त्र पुनरुत्थान गर्ने उद्देश्य यसमा प्रस्ट देखिन्छ । तर, यसको कार्यान्वयन कति हुने हो भन्नेमा सबैको गम्भीर चासो रहेको छ । […] The post अझै जनमैत्री हुनुपर्छ मौद्रिक नीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कार्यान्वयन भए मौद्रिक नीति राम्रै छ : पूर्व गभर्नर क्षेत्री

पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने बताएका छन् । उनले मौद्रिक नीतिमा राहत र पुनःस्थापनाबारे कुरा गरिए पनि सोअनुरूप कार्यान्वयन पक्ष नहुनु राम्रो नभएको उनको भनाइ छ । उनले भने,‘यसअघिको मौद्रिक नीतिले निजी क्षेत्रमा पनि आशावादी बढेको थियो, तर कार्यान्वयनको पक्षमा अलिकति कमजोर भयो । अहिले आएको नीतिमा कसिलो मौद्रिक नीतिको आवश्यकता हो भनिएको छ, अहिले आएको मौद्रिक नीतिमा साना,

उदारीकृत वित्तीय प्रणालीमा कस्तो मौद्रिक नीति— २

मौद्रिक नीति तथा बैंकिङ क्षेत्रसम्बन्धी विचलन, समस्या तथा सुझावहरू : माथिको पंक्तिमा उल्लेख गरिएअनुसार वित्तीय उदारीकरण-सुधारपश्चात् नेपालको बैंकिङ क्षेत्रले फड्को मार्दैै दक्षिण एसिया क्षेत्रमा अग्रपंक्तिमा रहेकोमा केही वर्षदेखि बैंकिङ क्षेत्रमा मौद्रिक तथा बैंकिङ नीति कार्यान्वयन क्रममा केही विचलन, समस्या तथा चुनौतीहरू टड्कारो रूपमा देखा परेका छन् :१. वित्तीय उदारीकरण नीतिको मर्मविपरीत नेराबैंकले आठ–नौ वर्षदेखि मौद्रिक […]