रामेछाप – रामेछापबाट काठमाण्डाैका लागि छुटेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । नाै जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । दुर्घटनामा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा तामाङ, सन्जु आले मगर, विपना तामाङ र खटबहादुर तामाङको ज्यान गएको हो । यस्तै सुनापति गाउँपालिका ४ की समिता तामाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ की ध...