उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमईबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंकिङ सेवा सुंविधाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। विराटनगरमा सोमबार आयोजित एक कार्यक्रमबीच पहुँच नपुगेका साना ब्यवसायी, नयाँ लगानी गर्न युवा ब्यवसायी, अपाङ्गता भएका ब्यक्तिलाई प्राथमिकता राख्दै बैँकले सुविधा दिन सहमति गरेको हो। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले सहमति अनुसार आवश्यक कागजात मूल्यांकनसंगै […]

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघ प्रदेश १ र न्यूयोर्क चेम्बरबीच सम्भौता

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्धका स्थापित भएको छ ।भगिनी सम्बन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान प्रदान गर्ने जनाएका छन् ।सहकार्यलाई प्रोत्साहन गर्ने, आपसी समन्वयमा व्यापार स्थापना गर्ने, विस्तार […]

भगिनी सम्बन्धमा गाँसिए महासंघ र ग्रेटर न्युयोर्क चेम्बर

विराटनगर (अस) । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्ध स्थापनाका लागि सम्झौतामा हस्ताक्षर भएको छ । भगिनी सम्बन्धमा दुवै पक्षले व्यापारिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान–प्रदानलाई प्रोत्साहन गर्ने, संघका सदस्यबीच सहज वातावरण, आर्थिक तथा व्यापारिक सूचना एंव तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालनमा सहयोग गर्ने उल्लेख छ । आर्थिक नीति नियम, प्रकाशन, पत्रपत्रिका एवं व्यापारिक गतिविधि आदान–प्रदान, मेला, गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रम आयोजना, सदस्यबीच प्राविधिक विशेषज्ञतालगायत बुँदामा सहमति भएको छ । उद्योग वाणिज्य महासंघ उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्बर अफ कमर्स न्युयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको उक्त सम्झौतामा  ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्स, न्युयोर्क, अमेरिकन बिजनेस अफेयर्स अमिरप्रताप साहले हस्ताक्षर गरे  । ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्स, न्युयोर्क अमेरिकाले सेम्टेम्बर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्स्पोमा महासंघ उपाध्यक्ष  राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का सहभागी थिए ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ र न्यूयोर्क चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध

मोरङ– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध कायम भएको छ। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार व्यापारिक समझदारी, प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह तथा सुझाव आदान–प्रदान, व्यापारिक समुदायको कानुनी दायराभित्र रहँदै सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने सम्झौता भएको छ। कार्यकारी निर्देशक पौडेलले बुधबार दुवै पक्षबीच सम्झौता भएको जनाउँदै […]

ग्लोबल आईएमई बैंकले प्रदेश–१ का उद्योग वाणिज्य महासंघका सदस्यलाई छुट दिने

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ र ग्लोबल आईएमई बैंकबीच बैकिङ सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् । बैंकको पहुँच नभएको साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपांगता भएका व्यक्तिहरू […]

ग्लोबल आईएमई बैंक र उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच साझेदारी

काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–१ बीच साझेदारी भएको छ । महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्‍याउन बैंक र महासंघबीच समझदारी भएको जनाइएको छ । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहररूलाई प्राथमिकतामा राखी...

ग्लोबल आइएमई बैंक–महासंघ प्रदेश १ सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच महासंघका सदस्यलाई सहज बैंकिङ सेवा पु¥याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रदेश १ प्रमुख सुभाष सापकोटा तथा महासंघको प्रदेश १ अध्यक्ष टीकाराज ढकालले सम्झौतामा हस्ताक्षर गरे । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवा प्रदान गर्नेछ । त्यस्तै, अपांगता भएका व्यक्तिले व्यावसायिक कर्जा लिन चाहे विशेष सुविधासहित कर्जा उपलब्ध गराइने समझदारी–पत्रमा उल्लेख छ । कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य तथा बैंकका कर्मचारीको उपस्थिति थियो ।

प्रदेश १ : ग्लोबल आईएमई बैंकले उद्योग वाणिज्य महासंघका सदस्यलाई ब्याजमा छुट दिने

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ र ग्लोबल आईएमई बैंकबीच बैकिङ सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् ।  विशेषगरी बैंकको पहुँच नभएको साना...