पर्यटक भित्र्याउन पदमार्ग

काठमाडौँ, ९ चैत । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ । स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातीले वार्षिकरुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा […]

सम्बन्धित सामग्री

द्यौवादी डाँडामा पदमार्ग

आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने उद्देश्यले हुप्सेकोट गाउँपालिकाले द्यौवादी डाँडामा फुट ट्रेल (पदमार्ग) निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जिल्लाको उच्च भागमा पर्ने द्यौवादीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरिएको बताउनुभयो । गण्डकी प्रदेशको सदरमुकाम पोखरा पुग्ने मुख्य गन्तव्य पनि यहीँबाट हुने भएकाले यसको विकास गरिएको उहाँले बताउनुभयो । दलदलेबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो ठाउँमा बाह्रै महिना जाडो हुन्छ । यहाँको प्राकृतिक दृश्य अवलोकनसँगै आन्तरिक तथा बाह्य पर्यटक भत्र्याउन सकियो भने मात्र पनि यहाँको विकासमा प्रभाव पर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।

धार्मिक स्थलमा पर्यटक भित्र्याउन पैदलमार्ग निर्माण

बागलुङ : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ।प्रवासी बिहुँकोटेहरूको सहयोगमा अहिले झण्डै एक किलोमिटर पदमार्ग निर्माण भइसकेको पदमार्ग निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए। जंगलको बीचमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन हालसम्म ६० लाख रुपैयाँ खर्च भइसकेको छ।उच्च पहाडको शिरमा रहेको यस मन्दिरमा धार्मिक पर्यटक सहज रूपमा पुर्‍याउने हिसाबले पदमार्ग निर्माण गरिएको अध्यक्ष कँडेलले बताए। काठेखोला गाउँपालि

करसोङ पदमार्गमा पर्यटकको चलहपहल बढ्यो

इलाम-पूर्वी पहाडी जिल्लामा पर्ने अनी तराईसँग सबैभन्दा छोटो दूरीको पदमार्ग हो करसोङ पदमार्ग ।इलामको रोङ गाउँपालिकामा रहेको करसोेङ पदमार्ग पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । गाउँपालिकाले पर्यटक भित्र्याउन पहल गरेसँगै सो क्षेत्रमा पर्यटक आउन थालेका हुन् । यसै वर्ष मात्र पदमार्ग सरसफाई र चौडाइ बढाउने काम भएको छ । रोङ गाउँपालिकाको हाँस पोखरीबाट […]

म्याग्दीको टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण हुने

म्याग्दी । म्याग्दीको प्रमुख पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हाई अल्टिच्युड खेलमैदान निर्माण गरिने भएको छ । जिल्लाको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न मनीषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाउन ठेक्का सम्झौता भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘हिमालको काखैमा निर्माण गरिने यो खेल मैदानलाई नेपालकै नमूना खेल मैदान बनाउने लक्ष्य छ, खेलकुदको माध्यमबाट पनि पर्यटक आकिर्षत गर्न सकिन्छ भन्ने उदाहरण टोड्केबाट दिनेछौं,’ अध्यक्ष भण्डारीले भने । टोड्केबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि सहित दर्जनौं हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । यस्तै टोड्केको मालिका मन्दिर आसपासमा बन्ने खेलमैदान नजिक गुराँसको घनाजंगल समेत रहेकाले सिजनमा गुराँस, हिमाल हेर्दै खेलकुद गतिविधिको अवलोकन गर्न सकिने बताइएको छ । खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि ५ करोडभन्दा बढी लागतमा थप संरचना बनाइने बताइएको छ । टोड्केमा बन्ने हाई अल्टिच्युट खेलमैदानमा खेलकुदको माध्यमबाट पर्यटक भित्र्याउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भीम शेरचनले बताए । ‘यहाँको सम्भावना उजागर गर्न सके उल्लेख्य पर्यटक आउँछन्, अहिले पूर्वाधार विस्तार भएकाले चहलपहल धेरै छ,’ उनले भने । पर्यटकीय स्थल टोड्केमा तीन पूर्वाधार योजना सञ्चालनमा आएका छन् । रघुगंगा गाउँपालिकाले पदमार्ग, उद्यान र सडक निर्माण गरिरहेको छ । गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । उनका अनुसार वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित  ५८ लाख दुई हजार ७३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईओटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान निर्माणको अन्तिम चरणमा रहेको छ । झिँ–टोड्के सडक निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सडक र पदमार्ग निर्माण भएसँगै पर्यटकलाई आवतजावतमा सहज हुनेछ । टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन

मनाङ । लामो समयदेखि कोभिड–१९ संक्रमणका कारण पर्यटन व्यवसाय पूर्णरूपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ । बाढीपहिरोले पदमार्गमा क्षति पुर्‍याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पुर्‍याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताए । कोरोना भाइरस संक्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई ध्यानमा राख्दै गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनले बताए । प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पत्रकार महासंघलगायत टोलीले पदमार्गको अनुगमन गरेको छ । अनुगमनका क्रममा पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिरोले क्षति पु¥याएको पाइएको उनले बताए । ‘पर्यटक भित्रिने अनुकूल मौसम हो । कोभिड न्यूनीकरण हुँदै जानु र मौसम अनुकूलताले पर्यटक आउने भएकाले पदमार्ग अनुगमन गरी मर्मतसम्भार गरिनेछ, अब पर्यटक भिœयाउन हामी तयार छौं,’ उनले भने, ‘जिल्लामा पर्यटक भित्रिँदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो ।’ पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल ९४९१९ मिटर जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताए । उनका अनुसार नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहोरमैला व्यवस्थापन र खुला दिसामुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको छ । जिल्लामा थलिएको पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी लामिछानेको टोली सक्रियता देखाएकोप्रति अन्नपूर्ण बेसक्याम्पका डम्बर गुरुङ, कर्मा ढेण्डु गुरुङलगायत पर्यटन व्यवसायी हर्षित भएका छन् । पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउने क्रम शुरू भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङले बताए । ‘अनुकूल मौसममा प्रशासनले चासो दिनुले हामी पर्यटन व्यवसायीलाई सहयोग पुग्छ । २ वर्षदेखि थलिएको व्यवसाय चलायमान हुनुका साथै जिल्लाका आयआर्जन पनि वृद्धि हुनेछ,’ अर्का व्यवसायी कर्मा ढेण्डु गुरुङले भने । पदमार्ग अन्तर्गत तलेखु–भ्राताङ भीरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भीर फोडेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताए । तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ । खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ । माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ । बेँसीशहर–चामे सडकखण्ड नेपालीको ठूलो पर्व बडादशैंसम्म सञ्चालन गर्ने तयारीमा छ । रासस

म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग

म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।       संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।      ‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’    कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो ।      धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भिœयाउन र प्रवद्र्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए ।

म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग

म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।      संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।      ‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’    कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो । धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भित्र्याउन र प्रवर्द्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए । रासस

मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान

यहाँबाट धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धौलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।          संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताउनुभयो ।          ‘‘रघुगङ्गाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘पर्यटन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जङ्गलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’’          कुइने मङ्गलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जङ्गल र पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसियशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धौलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो ।