धार्मिक स्थलमा पर्यटक भित्र्याउन पैदलमार्ग निर्माण

बागलुङ : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ।प्रवासी बिहुँकोटेहरूको सहयोगमा अहिले झण्डै एक किलोमिटर पदमार्ग निर्माण भइसकेको पदमार्ग निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए। जंगलको बीचमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन हालसम्म ६० लाख रुपैयाँ खर्च भइसकेको छ।उच्च पहाडको शिरमा रहेको यस मन्दिरमा धार्मिक पर्यटक सहज रूपमा पुर्‍याउने हिसाबले पदमार्ग निर्माण गरिएको अध्यक्ष कँडेलले बताए। काठेखोला गाउँपालि