अनिवार्य खोप कार्डविरुद्ध परेको रिट 'हेर्न नभ्याइने'

काठमाडौं : सार्वजनिक सेवा लिन कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ।न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा बिहीबार पेशी चढेको रिट हेर्न नभ्याइनेमा परेको हो।सार्वजनिक स्थान र सरकारी सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णयले नागरिकको मौलिक हक हनन भएको भन्दै अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइ माघ १७ गते रिट दायर गरेका थिए।&nbs

सम्बन्धित सामग्री

खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्चमा रिट, बिहीबार पेसी

खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको सार्वजनिक सेवामा पहुँच घटेको जिकिर सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार पेसी तोकिएको छ । खोप कार्ड अनिवार्य...

काठमाडौं प्रहरी परिसरमा जान खोप कार्ड अनिवार्य

१८ माघ, काठमाडौं। काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी प्रोटोकल अनुसार परिसरमा जान खोप कार्ड अनिवार्य गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । तर कतिपय सेवाग्राहीहरुले चाहिँ प्रहरी कार्यालयमा पनि खोप कार्ड अनिवार्य हुँदा सेवा लिन समस्या भएको बताए । सेवा लिन टेकु जाने सेवाग्राहीसँग खोप कार्ड […]

मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य

कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ ।कोरोनाका सक्रिय संक्रमित शून्य रहेको मनाङमा संक्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अन

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

काठमाडौँ । आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौँ उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य […]

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौँ । सार्वजनिक स्थानमा जाँदा आज(शुक्रबार) देखि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य गरिएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको […]

आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं, माघ ५ । आन्तरिक हवाई उडानमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले ओमिक्रोन नियन्त्रणका लागि निर्देशिका जारी गर्दै उडानका लागि खोप कार्ड अनिवार्य गरेको जनाएको हो । यात्रु स्वास्थ्य सुरक्षासँगै सेवालाई सहज गर्न यस्तो व्यवस्था गरिएको संघको भनाइ छ । संघले खोप कार्डको मोबाइल तस्विरलाई पनि मान्यता दिने भएको […]

खोप कार्ड हरायो? यसो गर्नुहोस्

काठमाडौं, माघ ५ । सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब […]

खेल हेर्नलाई खोप कार्ड अनिवार्य

काठमाडौं । कोरोना संक्रमण दर बढेपछि अबदेखि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताउनु भएको छ । हाल राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोना […]

सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य

जुम्लामा अध्ययन, अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयलाई सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्डविना सार्वजनिक स्थलमा जान नपाइने भएको हो।...

अब आन्तरिक उडानमा खोप कार्ड अनिवार्य

काठमाडौँ- कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आन्तरिक उडानमा पनि अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले माघ ३ गतेदेखि हवाई उडानका क्रममा खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको हो। सिसिएमसी बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि नागरिक […]