कुकुर मार्ने अभिव्यक्ति दिने वडाध्यक्षको आलोचना

कुकुर मार्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिकाका एक वडाध्यक्षको आलोचना भएको छ । काठमाडौं महानगरपालिका नगर कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिने वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीको आलोचना भएको हो । यही विषयमा असहाय गाईबाछा संरक्षण अभियानका अध्यक्ष उत्तम पुडासैनीले एक विज्ञप्तिमार्फत धर्ती मान्छेको मात्र नभई सबै प्राणीहरुको साझा बासस्थान भएको उल्लेख गर्दै वडाध्यक्षको अभिव्यक्तिको आलोचना गरेका छन् । वडाध्यक्षको अभिव्यक्तिले सोच र हैसियतलाई छताछुल्ल मात्र नभई अन्तर्राष्

सम्बन्धित सामग्री

दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने

सिओल । दक्षिण कोरियामा शताब्दीयौंदेखि चलिआएको कुकुरको मासु खाने परम्परामाथि प्रतिबन्ध लगाइने भएको छ । जनावर तथा कुकुरबारे जनचेतना फैलाउन कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । दक्षिण कोरियाको सत्तारुढ दलका प्रमुखले आफ्नो पार्टीले कुकुरको मासु खान प्रतिबन्ध लगाउन सक्ने बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार कोरियाली कुकुर खाने प्रचलनको विदेशमा आलोचना […]

तीजकाे विद्रुपीकरण !

यो सालको तीज गीत नृत्यमा कुकुर जस्तो नृत्य गरेर पशुको रुप देखाउने छाडा प्रवृत्ति पो भित्रियो । कसैले त्यस्तो कुकुरे नाच नाच्यो भनेर आलोचना हुँदाहुँदै अहिले धेरैजसो त्यस्तै नाच नाची भिडियो प्रचारप्रसार गर्न लालायित छन् ।

अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृहको निर्देशन

सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ ।  सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र गरिएका भए सच्याउन चाहनेलाई सच्याउन निर्देशन दिएका हुन् । नागरिकतामा फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका थ

‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षलाई कारबाही गर्न माग

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना जनप्रतिनिधले कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना सुरु भएको छ । पशुअधिकारकर्मीहरुले यस्तो अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन् । असहाय गाईबाच्छा संरक्षण अभियानले विज्ञप्ति नै जारी गरेर ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० […]

तिहारको शुभकामना

नेपालीहरूको दशैंपछिको दोस्रो महान् चाड तिहार नेपालीको घर आँगनमा आइसकेको छ । ज्योतिको पर्वका रूपमा मनाइदिने ५ दिनसम्म मनाइने तिहार, दीपावली, म्हपूजा, आदि पर्वको मिश्रित रूप हो । क्षेत्रगत र जातिगत रूपमा केही भिन्न स्वरूपमा यो पर्व मनाइए पनि यसले नेपालको सांस्कृतिक विशेषतालाई नै उजागर गर्छ । तिहारमा गाउँका धेरै उत्पादनले बजार पाउँछन् । फलफूलमात्र होइन, माटो र माटोबाट बनेका पालाले समेत कुनै न कुनै रूपमा स्थानीय अर्थतन्त्रलाई विस्तार गर्न मद्दत गरेको पाइन्छ । तिहार प्रकृतिसँग नजिक हुने पर्व हो । एकप्रकारले वातावरणलाई धन्यवाद दिने पर्व हो । यस पर्वमा मानव जीवनसँग गाँसिएका कुकुर, काग, गाई, गोरु आदिको पूजा गरिन्छ भने गोवर्धन पर्वतको पूजा पनि गरिन्छ । द्वापर युगमा श्रीकृष्णले इन्द्रलाई छाडेर जीवनको प्रत्येक कार्यमा साथ दिने गोवर्धन पर्वतलाई पूजा गर्न लगाएको पौराणिक प्रसंगले पनि तिहार र प्रकृति तथा वातावरणको सम्बन्धलाई नै प्रतीकात्मक रूपमा देखाएको पाइन्छ । यसै पनि चाडपर्व र संस्कृति भनेका मानिसका जीवनशैलीसँग गाँसिएका पक्ष हुन् । मनिसको जीवनमा सकारात्मक ऊर्जा भरिदिने र मानिसका सम्बन्धहरूमा प्रगाढता ल्याउने हुँदा यिनको महत्त्व विशेष छ । त्यसो त चाडपर्वले अर्थतन्त्रमा दिने योगदानलाई बिर्सन सकिँदैन । दशैं र तिहार नजिकै भएकाले यी दुई चाडपर्वमा आर्थिक क्रियाकलापले निकै गति लिएको पाइन्छ । कोरोनाले सुस्त भएको अर्थतन्त्रलाई गति दिन पनि यो चाडले सहयोग पुर्‍याएको छ । त्यतिमात्र होइन, तिहारमा गाउँका धेरै उत्पादनले बजार पाउँछन् । फलफूलमात्र होइन, माटो र माटोबाट बनेका पालाले समेत कुनै न कुनै रूपमा स्थानीय अर्थतन्त्रलाई विस्तार गर्न मद्दत गरेको पाइन्छ । साथै, अर्को एउटा दुःखद पक्ष पनि छ । त्यो हो, तिहारमा बालिने झिलिमिली बत्तीका लागि ठूलो रकम विदेशिनु । तिहारको सम्बन्ध वातावरणसँग जोडिएकै बेला विश्वको वातावरणका मुद्दामा छलफल गर्न कोप २६ सम्मेलन बेलायतको ग्लोस्गोमा भइरहेको छ जहाँ नेपालले पनि सहभागिता जनाएको छ । विकसित मुुलुकका कारण नेपालले वातावरण प्रदूषणबाट जन्मिने असर बढी भोग्नु परिरहेको छ जुन वातावरण प्रदूषणका लागि नेपाल जिम्मेवार छैन । त्यसैले यस सम्बन्धमा नेपालले स्पष्ट आवाज त उठाएको छ । तर, त्यसको सुनुवाइ विकसित मुलुकले गर्नेमा भने आशंका नै छ । तिहारको झिलिमिलीकै समयमा नेपालबाट बिजुली निर्यात हुन थालेको छ । दीपोत्सवको पर्वमा नै यो शुरू भएको छ जसलाई सानो भए पनि निकै सकारात्मक कदम मान्न सकिन्छ । दीपावलीको सेरोफेरोमा यो शुरू भएकाले धार्मिक विश्वासका आधारमा यसलाई शुभसंकेत मान्न पनि सकिन्छ । बिजुली निर्यातलाई कतिपयले ठूलो उपलब्धि मानेका छन् । तर, त्यस्तो ठूलो उपलब्धि भने होइन यद्यपि ऐतिहासिक भने हो । यो सानो प्रगति हो जसले भविष्यमा सम्भावनाको ठूलो ढोका खोल्न सक्छ । अहिले भारतले आफूले लगानी गरेको कम्पनीबाट मात्रै बिजुली किनेको छ । हाम्रो कूटनीतिलाई अझ अघि बढाएर अन्य प्रोजेक्टको बिजुली पनि विक्री गर्ने वातावरण बनाइनु पर्छ । चिनियाँ लगानीका बिजुली किन्न मनाउन तत्काल गाह्रो होला तर नेपाली प्रवर्द्धकका बिजुली विक्री गर्ने वातावरण बनाउन नेपालले कूटनीतिक पहल गर्नु आवश्यक छ । विगतका समयमा भन्दा अहिले भारत केही लचिलो बनिरहेको सन्दर्भमा कूटनीतिक सक्रियता र चातुर्य देखाउन सके बढी लाभ लिन सकिन्छ । त्यसो त अहिले भारतलाई सस्तोमा बिजुली बेच्यो भनेर प्राधिकरणको आलोचना गर्नेको संख्या पनि कम छैन । महँगोमा किनेर भारतलाई सस्तोमा बेचेको भन्दै त्योभन्दा महँगोमा नेपाली उद्योगहरूलाई बेच्न सकिने तर्क गरिएको पाइन्छ । तर, के बिर्सनु हुँदैन भने नेपालीलाई नदिएर भारतलाई बिजुली बेचेको होइन, खेर गएको बिजुलीमात्र बेचेको हो । वर्षायाममा सस्तोमा बेच्ने र हिउँदमा महँगोमा किन्ने गर्दा पनि समग्रमा मुलुकलाई फाइदा नै हुन्छ । जेहोस् उज्यालो पर्वले नेपालीहरूको जीवनमा सुख, शान्ति र ऐश्वर्य ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

आलोचकलाई भुस्याहा कुकुर भनेपछि लखेटिए वावुराम भट्टराई !

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठवन्धन र सरकारको आलोचना गर्नेहरुलाई भुस्याहा कुकुर भन्दै गाली गरेका छन् ।  आईतवार सामाजिक सञ्लाल ट्वीटर मार्फत उनले यसरी गाली ...

‘झ्यालबाट राती कुकुर आउँछ भनेर कोहि बस्दैनन्’

सुनिल धामी केहि दिन यता सामाजिक सञ्जालमा बझागंको एउटा तस्बिर भाइरल भैइरहेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका १ मा बनाइएको कोभिड आईसोलेसन सेन्टर असुरक्षित, अव्यवस्थित र न्युन गुणस्तरिय भएको भन्दै चौतर्फी आलोचना ...