‘झ्यालबाट राती कुकुर आउँछ भनेर कोहि बस्दैनन्’

सुनिल धामी केहि दिन यता सामाजिक सञ्जालमा बझागंको एउटा तस्बिर भाइरल भैइरहेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका १ मा बनाइएको कोभिड आईसोलेसन सेन्टर असुरक्षित, अव्यवस्थित र न्युन गुणस्तरिय भएको भन्दै चौतर्फी आलोचना ...

सम्बन्धित सामग्री

दश दिनको फरकमा एउटै कुकुरले टोकेका दुई व्यक्तिको मृत्यु

काभ्रेको चौरीदेउराली गाउँपालिका–६ कात्तिकेदेउरालीमा एउटै कुकुरले टोकेका दुई जनाको दश दिनको अन्तरालमा मृत्यु भएको छ । एउटै कुकुरले टोकेका चौरीदेउराली गाउँपालिका–६ कात्तिकेका ४५ वर्षिय सुकुराम तामाङ र ८ वर्षीय दिपेन्द्र पहरी (सुसान्त) को मृत्यु भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङले एउटै कुकुर टोकेका सुकुरामको चैत ३० गते र दिपेन्द्रको शुक्रबार मृत्यु् भएको बताउनुभयो । उहाँले दिपेन्द्रलाई फागुन ११ गते र सुकुरामलाई फागुन १६ गते सोही कुकुरले टोकेको थियो । कुकुरले टोकेपनि दुवै जनाले रेविज रोग विरुद्धको खोप नलगाएका कारण उनीहरु दुवैमा रेविजसँग मिल्दोजुल्दो लक्षण देखिएको र त्यसकै कारण उनीहरुको मृत्यु भएको उहाँले बताउनुभयो । घिसिङले सुकुरामलाई रेविज रोगको लक्षण देखा परेपछि थप उपचारका लागि उनका आफन्तले टेकु, पाटन र काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगेपनि उपचा।र नहुने भन्दै अस्पतालले भर्ना नलिई घर फिर्ता पठाइएको थियो । अस्पतालमा उपचार नभएपछि कोठामा ल्याइएका सुकुरामको चैत ३० गते राती मृत्यु भएको थियो ।

भेटियो लोपोन्मुख तामे सालक घोडाघोडीको गाउँमा

कैलालीमा लोपोन्मुख प्रजातिको रुपमा रहेको सालक फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ५ डोडा गाउँमा शुक्रबार राती गाउँलेले सालक देखेका थिए । सामुदायिक वन नजिकै रहेको उक्त गाउँमा एक्कासी रातको समयमा कुकुर भुक्न थालपछि गाउँले हरुले नयाँ जिव गाउँमा देखेपछि संरक्षणकर्मीलाई खबर गरेका थिए । शुक्रबार रातिनै सब डिभिजन वन कार्यालय सुखडबाट खटिएको टोलीले उद्धार गरी कार्यालयमा राखेको सब डिभिजन बन कार्यालय सुखडका प्रमुख समीर थापाले बताउनुभयो । प्रायः दिनमा बाहिर ननिस्कने रातको समयमा निस्कने सालक रातको समयमा आहारा खोज्दै गाउँ पसेको हुनसक्ने बताइएको छ । १८ किलोग्रामको वयस्क उक्त सालक भारतीय तामेसाल रहेको जनाइएको छ ।

यी सेलिब्रिटीको चोरी भयो कुकुर, खोजी गरिदिनेलाई ५ करोड बढी इनाम

हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला भएको छ । लस एन्जलसमा लेडी गागाको कुकुर घुमाउने व्यक्ति रायन फिशरमाथि एक व्यक्तिले गोली हानी लेडी गागाका दुई फ्रेन्च बुलडग्स चोरी गरेका छन् । रायनलाई यो हमलापछि अस्पताल लगिएको छ जहाँ उनको स्थिती स्थिर बताइएको छ । लस एन्जेलस प्रहरी विभागले एक व्यक्तिलाई राती १० बज...