निजगढ विमानस्थल कुनै हालतमा रोकिँदैन : अर्थमन्त्री

वीरगञ्ज । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बन्नेमा शंका नगर्न आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औं साधारणसभा उद्घाटन सत्रमा अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण गरिछाड्ने बताएका हुन् । सर्वाेच्च अदालतले नबनाउन आदेश दिए पनि विमानस्थल जसरी पनि निर्माण हुने शर्माले बताए । ‘निजगढ विमानस्थलको काम कुनै पनि हालतमा रोकिँदैन । सरकारले विमानस्थललाई बजेटसमेत छुट्ट्याएको छ,’ उनले भने, ‘यसमा कुनै आशंका नगर्न र विश्वस्त हुन म आग्रह गर्छु ।’ मन्त्री शर्माले वीरगञ्जको चिनी कारखाना र कृषि औजार कारखाना पनि सञ्चालनमा ल्याइने बताए । विगतमा यी कारखाना सञ्चालनको विषय भन्नकै लागि मात्र भए पनि अहिलेको सरकारले चलाउनकै लागि तयारी गरेको उनको भनाइ छ । सरकारले कृषि उत्पादन र कृषिमा आधारित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको भन्दै मन्त्री शर्माले कृषिमा आधारित चिनी र कृषि आधुनिकीकरणका लागि चाहिने कृषि औजार कारखाना सञ्चालन गर्न लागिएको बताए । सरकारी स्वामित्वका यी दुवै कारखाना वर्षौंदेखि बन्द छन् । चिनी कारखानाको हातामा अहिले अदालत र सशस्त्र प्रहरीको कार्यालय छ । अर्थमन्त्री शर्माले अदालत र सशस्त्र प्रहरी कार्यालय त्यहाँँबाट हटाएर कारखाना चलाइने स्पष्ट पारे ।   बजेटमा वीरगञ्जलाई विभेद गरिएको भन्ने गुनासोको अर्थमन्त्री शर्माले प्रतिवाद गरे । योजनामा रहेको निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुतमार्ग वीरगञ्जकै सम्भावनासँग जोडिएको उनको तर्क छ । द्रुतमार्गको कामलाई गति दिन आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३० अर्ब रुपैयाँ छुट्ट्याइएको भन्दै उनले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न तहगत सरकारबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याए ।   बारा र पर्सामा नयाँ औद्योगिक क्षेत्रको आवश्यकताबारे निजीक्षेत्रको मागमा सरकार सकारात्मक भएको शर्माले बताए । यसमा एउटा निश्चित क्षेत्र तोकेर प्रस्ताव ल्याउन आग्रह गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले कानूनअनुसार कुनै पनि व्यवसायमा २० प्रतिशतसम्म नाफा लिन पाउने भएकाले वाणिज्य बैंकहरूले पनि आधार दरको २० प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्थाको माग गरे । उधारो कारोबारले ल्याएको आर्थिक समस्या र दबाब कम गर्न उधारो असुलीसम्बन्धी कानूनको आवश्यकता गुप्ताले औंल्याए । ‘पहिला मालवस्तु विक्री गरेको ३० देखि ४५ दिनभित्रमा पाउने गरेको भुक्तानी अहिले बल्लतल्ल ६ महीनामा पाइएको छ । यसले पूँजी र तरलता अभाव बढाएको छ,’ उनले भने ।

सम्बन्धित सामग्री

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिन देखि जारी अनशन स्थगित

बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ । जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पूर्ण पाठमा भने निजगढमा बन्ने भनिएको विमानस्थल निर्माणमा रोक नलगाएको हुँदा अनशन स्थगित गरेको हो ।  सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित सहिद चोकमा गत जेठ २४ गतेबाट सुरु भएको रिले अनशनको आज २४ औं दिनम

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिन देखि जारी अनशन स्थगित

बारा- बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ । जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पूर्णपाठमा भने निजगढमा बन्ने भनिएको विमानस्थल निर्माणमा रोक नलगाएको हुँदा अनशन स्थगित गरेको हो । सर्वोच्च अदालतले दोस्रो […]

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिन देखि जारी अनशन स्थगित

इन्दिप कोइराला/बारा, १६ असार : बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ । जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पूर्णपाठमा भने निजगढमा बन्ने भनिएको विमानस्थल निर्माणमा रोक नलगाएको हुँदा अनशन स्थगित गरेको हो […]

निजगढ विमानस्थल निर्माणमा पहल गर्न आग्रह

निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माण गर्ने वातावरण बनाई दिनका लागि लोकतान्त्रिक समाजवादी पार्टीसँग आग्रह गरेको छ ।  निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले आज लोसपाका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरिएको हो । जेठ १२ गते निजगढ विमास्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत निजगढ विमानस्थल निर्माणमा सहयोग पुर्याउन आग्रह गरिएको छ । निजगढ विमानस्थल निर्माण गर्न यति धेरै जम

निजगढ विमानस्थल बनाउन जे पनि गर्न तयार छु : अर्थमन्त्री शर्मा

२१ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन् । शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ आंै साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि म जे […]

निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ : सांसद देवकोटा

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सुरु भएको सैद्धान्तिक छलफलमा स्वतन्त्र सांसद खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ । निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको भन्दै उहाँले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । […]

निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ : सांसद देवकोटा

काठमाडौँ,१७ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा स्वतन्त्र सांसद खिमलाल देवकोटा ले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन् । निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको भन्दै उनले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले […]

कानुन परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल बनाउनुपर्नेमा नेता रावलको जोड

नेकपा (एमाले)का सांसद भीम रावलले कानुन परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताएका...

निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन निर्देशन

काठमाडौं, १६ जेठ । संसदीय समितिले निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय […]

निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद : माधव नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका...