निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माण गर्ने वातावरण बनाई दिनका लागि लोकतान्त्रिक समाजवादी पार्टीसँग आग्रह गरेको छ । निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले आज लोसपाका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरिएको हो । जेठ १२ गते निजगढ विमास्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत निजगढ विमानस्थल निर्माणमा सहयोग पुर्याउन आग्रह गरिएको छ । निजगढ विमानस्थल निर्माण गर्न यति धेरै जम