गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीवार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
उनले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलवार संसद सचिवालयमा दर्ता गरिएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
दलहरूले सरकार बनाउन नसकेपछि संविधानको धारा १६८(३) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत वैशख २९ गते पृथ्वीसुब्बा गुरुङलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । गुरुङको पार्टी नेकपा एमाले संसदमा सबैभन्दा ठूल...