फेरि बढ्यो कोरोना मृत्युदर

काठमाडौं, माघ ९ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ […]

सम्बन्धित सामग्री

बंगलादेशमा डेढ वर्षपछि पहिलोपटक कोरोना मृत्युदर शून्य

बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलोपटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो । यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलोपटक तीन जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन । गत अप्रि

डेढ वर्षपछि पहिलोपटक बंगलादेशमा कोरोना मृत्युदर शून्य

यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलोपटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो।

एकैदिन ७९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ३० कात्तिक । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसविरुद्धको खोप ७९ हजार ५ सय ६९ जनाले लगाएका छन् । त्यस्तै, आज १ सय ७० जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइन बस्नेको संख्या ९८ जना रहेको छ । नेपालमा कोरोना मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ भने निको भएको दर ९७ दशमलव ७ प्रतिशत […]

गण्डकी प्रदेशः अझै घटेन कोरोना मृत्युदर

कोरोना भाइरस संक्रमणले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विहीबार नौजनाको ज्यान गयो । यो संख्या बुधबार १२ थियो । भदौको १० दिनमा मात्र गण्डकी प्रदेशमा मात्र कोरोनाबाट ६६ जनाले ज्यान गुमाएका छन ।...

सुदूरपश्चिम प्रदेशमा दुई दिनयता कोरोना मृत्युदर शून्य

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट संक्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ। गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको हो। यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ४४४ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन्। रासस

कर्णालीमा कोरोना मृत्युदर शून्य

कर्णाली ब्युरो । कर्णाली प्रदेशमा कोरोना मृत्युदर शून्यमा झरेको छ । मङ्गलवारको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा कोरोना नयाँ भेरियन्टबाट मृत्युदर शून्यमा झरेको हो । प्रतिदिन १३ जनासम्म मृत्यु दर पुगेको कर्णाली प्रदेशमा मङ्गलवार शून्यमा झरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५० जना कोभिड […]

पेरुले सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, दोब्बरले वृद्धि

एजेन्सी / पेरुले आफ्नो देशमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सच्याएको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार आँकडा सच्याए सँगै पेरुमा जनसंख्याको आधारमा सबैभन्दा धेरै कोरोना मृत्युदर भएको देश बनेको छ । ३ करोड ३० लाख जनसंख्या भएको देश पेरुले सुरुमा ६९,३४२ जनाको कोरोनाका कारण ज्यान गुमेको बताएको थियो । संसोधनपश्चात् यहाँ मृतकको संख्या १... The post पेरुले सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, दोब्बरले वृद्धि appeared first on Purbeli News.

पेरुले सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, दोब्बरले वृद्धि

पेरुले आफ्नो देशमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सच्याएको छ ।जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार आँकडा सच्याए सँगै पेरुमा जनसंख्याको आधारमा सबैभन्दा धेरै कोरोना मृत्युदर भएको देश बनेको छ । ३ करोड ३० लाख जनसंख्या भएको देश पेरुले सुरुमा ६९,३४२ जनाको कोरोनाका कारण ज्यान गुमेको बताएको थियो । संसोधनपश्चात् यहाँ मृतकको संख्या १ लाख ८० हजार पुगेको छ । पेरुमा कोरोनाको कारण प्रति एक लाख मानिसमा पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।प्रधानमन्त्री भायोलेटा बर्मुडेजले पेरुभियन र अन्तरराष्

कोरोना मृत्युदर शून्य

गत २४ घण्टामा कोरोना मृत्युदर शून्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।

सार्कमा कोरोना मृत्युदर कम हुनेको सूचीमा नेपाल तेस्रो स्थानमा

भगवती तिमल्सिना, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूको कोरोना सूचीमा मृत्युदर कम हुनेमा नेपाल तेस्रो स्थानमा छ भने संक्रमण भई निको हुनेमा दोस्रो स्थानमा रहेको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार हालसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ दशमलव १ प्रतिशत रहेको छ भने संक्रमण भई निको हुनेको संख्या […]