सुदूरपश्चिम प्रदेशमा दुई दिनयता कोरोना मृत्युदर शून्य

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट संक्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ। गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको हो। यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ४४४ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन्। रासस

सम्बन्धित सामग्री

गण्डकी प्रदेशः अझै घटेन कोरोना मृत्युदर

कोरोना भाइरस संक्रमणले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विहीबार नौजनाको ज्यान गयो । यो संख्या बुधबार १२ थियो । भदौको १० दिनमा मात्र गण्डकी प्रदेशमा मात्र कोरोनाबाट ६६ जनाले ज्यान गुमाएका छन ।...

कर्णालीमा कोरोना मृत्युदर शून्य

कर्णाली ब्युरो । कर्णाली प्रदेशमा कोरोना मृत्युदर शून्यमा झरेको छ । मङ्गलवारको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा कोरोना नयाँ भेरियन्टबाट मृत्युदर शून्यमा झरेको हो । प्रतिदिन १३ जनासम्म मृत्यु दर पुगेको कर्णाली प्रदेशमा मङ्गलवार शून्यमा झरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५० जना कोभिड […]