एमसीसी पारित भएपछि सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा

काठमाडौं । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछि राजमोले गठबन्धन त्यागेको घोषणा गरेको हो । “एमसीसी संसद्बाट अनुमोदन गराएपछि सत्ता गठबन्धनका दलहरु देशको हितका पक्षमा छैनन् भन्ने प्रमाणित भएको छ । यससँगै यो गठबन्धनको औचित्य पनि समाप्त भएको छ,” राष्ट्रिय...

सम्बन्धित सामग्री

अब निर्वाचनसम्मै सत्ता गठबन्धन !

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनम

सत्ता गठबन्धन फुट्यो

काठमाडौँ। सत्ता गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा अलगिएको छ। राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो।

सत्ता गठबन्धन दल जनमोर्चाले एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सांसद दुर्गा पौडेलले आफू एमसीसीको विपक्षमा मतदान गर्ने निर्णयमा अडिग रहेको बताइन् । “हामी पूर्वअडानमा कायम छौँ । एमसीसीको विपक्षमा मतदान गर्छौँ,” उनले बाह्रखरीसँग भनिन् । एमसीसीको विपक्षमा...

खुस्किँदै गठबन्धनको गाँठो : के देउवा र ओली सहकार्य नजिक पुगेका हुन्?

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन फुट उन्मुख देखिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलको गठबन्धन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कारण फुटको संघारमा पुगेको हो। प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न जोडबल…