स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा रियल मड्रिड र भिल्लारियलले जित निकाल्दा ओसासुना र गेटाफेले बराबरी खेलेका छन्।गए राति भएको खेलमा एइबरलाई २–० गोलले पराजित गरेको रियल बार्सिलोनालाई उछन्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलको जितमा एसेन्सियो र करिम बेन्जेमाले १/१ गोल गरे। जितसँगै रियलले शीर्ष स्थानमा एट्लेटिको मड्रिडसँगको अंक दूरी ३ मा घटाएको छ।जारी लिगमा एट्लेटिको मड्रिड ६६ अंकका साथ शीर्ष स्थानमा रहँदा रियलको ६३ अंक छ। तेस्रो स्थानको बार्सिलोनाको ६२ अंक छ। गए राति