पोखरा : कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ। मनोनयनको लागि राखिएको दोस्रो दिन सोमबार नेपाली कांग्रेस कास्कीका पूर्वउपाध्यक्ष ऋषि सापकोटाले महानगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। वि.सं. २०५४ सालदेखि २०६४ सालसम्म कास्की कांग्रेसको कोषाध्यक्षका रूपमा काम गरेका सापकोटाले पार्टीले कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेका कारण आफूले उ