बैतडी : संयुक्त बजार अनुगमन समितिले बैतडीका ३ वटा क्लिनिकलाई सिल गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा रहेको उक्त टोलीले नगरपालिका–१ गुरुखोलामा रहेको जयदुर्गे मेडिकल, गुरुखोलामै रहेको प्रकाश मेडिकल र दशथचन्द नगरपालिका–२ देहिमाडौँमा रहेको निङ्गलाशैनी फार्मेसीको क्लिनिक सिल गरेको हो।मापदण्ड विपरीत सञ्चालनमा रहेका ती क्लिनिकलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। निङ्गलाशैनी फार्मेसीले अर्काको नामबाट फार्मेसी सञ्चालन गरेको र जयदुर्