नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल तय

२९ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका छ जिल्लामा हुने तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार खेलकुद प्रतिस्पर्धा हुने खेलस्थल तय गरेको हो । राखेपका अनुसार सुटिङका लागि पोखरामा उपयुक्त स्थान नभएका कारण काठमाडौंमा हुने छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३६ खेलमा दुई खेलबाहेक अन्य बाँकी खेलहरु भने […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुदको ९ तस्वीर

गण्डकी प्रदेशको पोखरामा गत साता नवौं राष्ट्रिय खेलकुद २०७९ सम्पन्न भयो । माछापुच्छ्रेको काखमा अवस्थित पोखरा रंगशाला परिसरमा राष्ट्रिय खेलकुदका अधिकांश खेल सम्पन्न भए । नवौं राष्ट्रिय खेलकुदका दौरान हाम्रो खेलकुदका उत्सव शाक्यले कैद गरेको ९ महत्त्वपूर्ण क्षण यसप्रकार छ । १. एथलेटिक्स अन्तर्गत पुरुष ३ हजार मिटर स्टिपलचेजमा राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेपछि कर्णाली […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलतर्फ आर्मी र पुलिस एकै समूहमा

२४ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला फुटबल प्रतियोगिताका लागि खेलतालिका सार्वजनिक गरेको छ । असोज २७ गतेदेखि सुरु हुने प्रतियोगितामा उपाधि दावेदार विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । यी दुईमध्ये एउटा टिमले मात्र सेमिफाइनलको […]

राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन् । सो अवसरमा […]

नवौं राष्ट्रिय खेलकुदका लागि ४ हजार ३३५ जनाको नाम दर्ता

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नवौं खेलकुदका लागि आइतबारसम्म सात प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्नो खेलाडी दर्ता गराएका हुन् । गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि अहिलेसम्म गण्डकी प्रदेशले सबैभन्दा धेरै खेलाडी दर्ता गरेको छ । गण्डकी प्रदेशले सबैभन्दा धेरै ७०२, […]

नवौं राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट छानिए डेढसय बढी खेलाडी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङबाट डेढसय बढी खेलाडी छनौट गरिएको छ। जिल्ला खेलकुद विकास समितिका उपाध्क्ष अनिता पन्दाकका अनुसार १२ बिधामा खेलाडी छनौट गरिएको छ।...

नवौं राष्ट्रिय खेलकुदका लागि उपसमिति गठन

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमित गठन गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गरेका हुन् ।सार्वजनिक भएका १४ समिति मध्येमा १२ समितिमा संयोजक र सचिवको टुङ्गो लागेको […]

नवौं राष्ट्रिय खेलकुद : खेल आयोजनास्थल कास्कीमै केन्द्रित हुने

४ साउन, काठमाडौं । पूर्वाधार र सुविधा पर्याप्त नभएका कारण गण्डकी प्रदेशमा हुने आसन्न नवौं राष्ट्रिय खेलकुदका प्रायः सबै स्पर्धा कास्की जिल्लामै केन्द्रित हुने भएको छ । सरकारले असोज २८ देखि कात्तिक ३ सम्म नवौं खेलकुदको मिति तोकेको छ । अघिल्लो साता बसेको मूल आयोजक समितिको पहिलो बैठकले प्रतियोगिता सञ्चालन निर्देशिकाअनुसार विभिन्न समिति र उपसमितिमार्फत […]

नवौं राष्ट्रिय खेलकुदका लागि १४ उपसमिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा विषयगत उपसमिति गठन गरेको छ । १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका छन् । नवौं राष्ट्रिय खेलकुद आसोज २८ देखि ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा […]

नवौं खेलकुदका लागि ६० करोड बजेट पारित, सातै प्रदेशमा ‘ट्रफी टूर’ गरिने

२४ असार, काठमाडौं । आगामी असोज २८ देखि मंसिर ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सरकारले विनियोजन गरेको ६० करोड बजेट पारित भएको छ । शुक्रबार काठमाडौंमा बसेको नवौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको पहिलो बैठकले बजेट पारित गर्ने निर्णय गरेको हो । नवौं खेलकुदका लागि ९६ करोड […]

नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत

नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् ।यसअघि तीन पटक प्रतियोगिता सरेको थियो । प्रतियोगिताको मिति सरे पनि सरकारले बजेट घटाएको छैन । नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटी बैठकमा सदस्य सचिव घिसिङले बनाए । घिसिङले माग गरे वापतको बजेट स्वीकृत भएको बताए ।‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरे पनि बजेट भने घ