प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गरेको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने बताएपनि उक्त बचन लत्याउँदै मूल्यवृद्धि गरेर संसदकै अपमान भएको ज्ञवालीको भनाइ छ । सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारले पेट्रोलियम पदार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकोमा आपत्ति जनाए ।&n