साना व्यवसायमा लगानी गर्दै नेपालगञ्ज उपमहानगर

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा विपन्न समुदायका व्यक्तिद्वारा सञ्चालित साना उद्यम व्यवसायमा लगानी गरिरहेको छ । साना व्यापार व्यवसाय सञ्चालन गर्ने लक्षित समुदायका व्यक्तिलाई साझेदारी विकास कार्यक्रमअन्तर्गत ५ वर्षदेखि लगानी गर्दै आएको नेपालगञ्ज उमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उपमहानगरपालिकाले साझेदारी विकास कार्यक्रमका लागि यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ भने संघीय सरकारमार्फत आएको ५० लाख रुपैयाँ पनि सोही कार्यक्रमका लागि छुट्ट्याएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा पहिलो चरणमा ४८ जना साना व्यवसायीलाई ८० लाख रुपैयाँ लगानी गरेको छ । उपमहानगर प्रमुख विष्टका अनुसार प्रजातन्त्र दिवसको अवसरमा वडा नं ४, ७, ८, ९, ११ र २० का साना व्यवसायीलाई लगानी गरिएको हो । उनीहरूलाई २५ हजारदेखि २ लाख रुपैयाँसम्म प्रदान गरिएको छ । साझेदारी विकास कार्यदलका संयोजक एवं नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कौशलकुमार धोबीले उक्त रकम वितरण गरेका हुन् । सानो व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिलाई आर्थिक सहजताका लागि रकम वितरण गरिएको उनले बताए । नेपालगञ्ज उपमहानगरपालिकाले समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएका वर्ग र अल्पसंख्यकको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गर्दै आएको छ । ५ वर्षमा करीब ५०० जना साना व्यवसायीलाई ४ करोड रुपैयाँ लगानी गरिसकेको साझेदारी विकास कार्यदलका संयोजक धोबीले जानकारी दिए ।  उक्त रकम वार्षिक १० प्रतिशत ब्याजदरमा प्रदान गरिएको हो । उक्त कार्यक्रमबाट रकम लिएका व्यवसायीले १८ महीनामा चुक्ता गर्नुपर्ने प्रावधान छ । नेपालगञ्जले विनाधितो उक्त लगानी गरिरहेको छ ।

सम्बन्धित सामग्री

बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै : अवस्था सामान्य बन्दै

काठमाण्डाै - बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान सूचना निकालेर बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी रहेको जनाएको छ । नेपालगञ्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने तथा हुलदङ्गा, अशान्ति गर्ने उद्देश्यले एकै ...

कान्जीहाउस लगिँदै नेपालगञ्ज उपमहानगर बजार क्षेत्रका छाडा पशुचौपाया

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ। बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज विहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको छ। बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए। नगरका […]

नेपालगञ्ज उपमहानगर ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आज पालिका स्तरीय खोप समन्वय समिति नेपालगञ्जले आयोजना गरेको एक कार्यक्रमका बीच नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाभित्रका नियमित खोप लगाउन छुटेका ६९२ र कुनै पनि खोप नलगाएका […]

छाडा पशु चौपाया व्यवस्थापनमा जुट्यो नेपालगञ्ज उपमहानगर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ। बिहीबार बिहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज–२१ बिर्तास्थित काञ्जीहाउसमा लगिएको छ। नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफै सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लागेका छन्। नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशु चौपाया काञ्जीहाउस लगिएको […]

नेपालगञ्ज उपमहानगर मेयरमा कांग्रेसकाे फराकिलाे अग्रता

बाँके - नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन अगाडि छ । १८ वटा वडाको गणना सकिँदा मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट १८ हजार ३ सय ४८ मतसहित अगाडि हुनुहुन्छ । एमालेका पशुपति दयाल मिश्राले १० हजार ५ मत ल्याउनु भएको छ भने राप्रपाका नन्दलाल वैश्यले ६ हजार ५ सय ५४ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा जसपाका कमरुद्धिन राई १३ हजार ३ सय ३० मतसहित अग्रस्थानमा हुनुहुन्छ । राप्रपाका विन्दु चर्तीमगरले ८ हजार ८ सय ८ पाउनु भएको छ ।

नेपालगञ्जका मतदाता भन्छन्– चुनावमा थरीथरीका आश्वासन, हाम्रो समस्या जस्ताको तस्तै

बाँके । स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका मतदाताहरू चुनावअघि विभिन्न दल र उम्मेदवारले अनेकौँ आश्वासन दिने गरे पनि चुनावपछि आफ्नो अवस्था जस्ताको तस्तै रहने गुनासो गरिरहेका छन् ।नेपालगञ्ज उपमहानगर–११ मा पर्ने ईदगाह रोडमा  सानो टेलरिङ्ग पसलमा काम गर्ने ४२ वर्षमा रसिफ राईको जन्म नेपालगन्जमै भएको हो । कामगर्ने स्थानभन्दा झन्डै ५ सय मिटर पर उनको सानो कच्चीघर छ, जहाँ ६ जनाको परिवार बस्ने गर्दछन् ।उनले टेलरिङ्ग पसलमा मास्टरले काटेका कपडाहरू सिलाई गरेबापत पैसा पाउँछन

गठबन्धन बैठक : नेपालगञ्ज उपमहानगर कांग्रेसले पाउने

काठमाडौं,७ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बालुवाटारमा बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितको सत्ता गठबन्धनको बैठकले आज यस्तो निर्णय गरेको हो । नेपालगञ्जको मेयरको विवाद मिल्न नसेकपछि शीर्ष नेताहरुको छलफल लम्बिएको थियो । नेपालगञ्ज कांग्रेसले पाएसँगै ६ वटा महानगर र ११ वटा […]

नेपालगञ्ज उपमहानगरपालिका : गठबन्धनमा कचकच, राप्रपाले जोगाउला त साख ?

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पद जितेको राप्रपा (तत्कालीन राप्रपा नेपाल) ले यहाँ आफ्नो वर्चश्व कायम राख्छ कि गुमाउँछ भन्नेमा आमचासो बढेको छ । अघिल्लो निर्वाचनमा नेपालगञ्ज उपमहानगर प्रमुखमा राप्रपाका धवलशमशेर राणा विजयी भएका थिए ।उनले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । यतिमात्र होइन, अहिले राप्रपा विभाजनसमेत भइसकेको छ । कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन भएको छ, जसले राप्रपाको मत काट्ने निश्चित छ ।विगतमा नेपालगञ्ज उपमहानगरमा रा

जसपाले माग्यो विरगञ्ज महानगर र नेपालगञ्ज उपमहानगर

जनता समाजवादी पार्टीले विरगञ्ज महानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका दाबी गरेको छ। सत्ता गठबन्धनको बैठकमा जसपाले एक महानगर र एक उपमहानगर मात्रै दाबी गरेको हो। यसअघि निर्वाचनमा विरगञ्ज महानगरपालिका जसपाले नै जितेको थियो। तर, जसपाबाट विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरी सकेका छन्।यद्यपी जसपाले विरगञ्ज महानगरपालिका आफूहरुले जित्ने भन्दै बैठकमा दाबी गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका राप्रपाले जितेको थियो। यद्यपी जसपाको संगठन बलियो भएकाले नेपालगञ्ज उपमहानगरपालिका दाबी गरे

नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म लकडाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले सूचना निकालेर जानकारी गराएको छ । आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको ...