नेपालगञ्ज उपमहानगरपालिका : गठबन्धनमा कचकच, राप्रपाले जोगाउला त साख ?

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पद जितेको राप्रपा (तत्कालीन राप्रपा नेपाल) ले यहाँ आफ्नो वर्चश्व कायम राख्छ कि गुमाउँछ भन्नेमा आमचासो बढेको छ । अघिल्लो निर्वाचनमा नेपालगञ्ज उपमहानगर प्रमुखमा राप्रपाका धवलशमशेर राणा विजयी भएका थिए ।उनले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । यतिमात्र होइन, अहिले राप्रपा विभाजनसमेत भइसकेको छ । कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन भएको छ, जसले राप्रपाको मत काट्ने निश्चित छ ।विगतमा नेपालगञ्ज उपमहानगरमा रा

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले मोटरसाइकल चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनारलाई प्रहरीले मोटरसाइकल चोरी आरोपमा पक्राउ गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका – ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रङ परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको […]

घरको बीमा गर्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले आवास बीमा कार्यक्रम अगाडि सारेको छ। उपमहानगरपालिकाले विपद जोखिम सम्बन्धी कार्यविधि २०८० बनाएर आवास बीमा कार्यक्रम अघि सारेको हो। उपमहानगरपालिकाले नगरका घरलाई दुई तरिकाले बीमा गर्दैछ- विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा। विपद दुर्घटना बीमामा नगरभित्रका सबै घरहरूको बीमा गरिने छ भने जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान […]

भारतबाट आएका तीन जनामा कोरोना पुष्टि

नेपालगञ्ज – भारतबाट आएका तीन जनालाई कोरोना संक्रमण देखिएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीका अनुसार मंगलबार भारतबाट आएका १ सय ३० जनाको जाँच गर्दा ३ जनामा कोरोना देखिएको छ। यस्तै, नेपालगञ्जमा पनि एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ की ३० वर्षीया महिलालाई कोरोना देखिएको हो।

फुटपाथ खाली गराउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ खाली गराउन थालेको छ। शनिबारदेखि फुटपाथ खाली गराउने अभियानको सुरुवात गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किङ गर्ने कामलाई निरुत्साहित गर्न अब नियमित रुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए। फुटपाथ खाली गराउन […]

नेपालगञ्ज उपमहानगरपालिका ३ मा अय्युव र २१ मा राजकुमार विजयी

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रका अय्युव सिद्विकी र वडा नम्बर २१ मा नेपाली कांग्रेसका राजकुमार साहु विजयी भएका छन्। अय्युव दोहोरिएका हुन्। नेपालगञ्जमा अहिलेसम्म ५ वटा वडाको नतिजा आएको छ। वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल, पडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठ, २२ नम्बरमा जसपाका अब्दुल गफ्फार हलुवाई […]

नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसले पाउने, १७ ठाउँको भागवण्डा टुंगियो

काठमाडौँ – सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ। चार दिनको अथक प्रयासपछि सत्ता गठबन्धनमा आबद्ध पाँच दलले महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याएका हुन्। बालुवाटारमा जारी शीर्ष नेताहरुको बैठकले विवादित नेपालगञ्ज महानगरपालिका कांग्रेसले लिने सहमति भएको छ। सहमतिअनुसार कांग्रेसको भागमा ३ महानगर र ७ वटा उपमहानगरपालिका परेको छ। नेपालगञ्जमा जसपाले पनि दाबी […]

नेपालगञ्ज उपमहानगरपालिका बालविवाहमुक्त घोषणा

नेपालगञ्ज उपमहानगरपालिका लाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको छ । यो सँगै बाँकेमा बालविवाहमुक्त घोषणा हुने स्थानीय तहको संख्या चार पुगेको छ । यसअघि जानकी, खजुरा र बैजनाथ गाउँपालिका बाल विवाहमुक्त घोषणा भइसकेका छन् ।

गर्ल्स कलेज सञ्चालनको तयारीमा नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि गर्ल्स कलेज सञ्चालन गर्ने तयारी गरेको छ। त्यसको प्रक्रिया पुर्‍याउन मेयर डा. धवलशमशेर राणाको टोली दौडधुपमा लागेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलसँग छलफलपछि नेपालगञ्ज फर्किएको टोलीले सोमबार […]

नेपालगञ्ज उपमहानगरपालिका वडा १२ काे कार्यालयलाई बनाइयो आइसोलेशन वार्ड

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आइसाेलेशन वार्ड बनाइएको छ । चार महिला र १० पुरुषलाई राख्न सकिने गरी १४ शय्याकाे अस्थायी आइसोलेशन तयार गरिएको वडाध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले बिहीवार वडा कार्यालयमा बनाइएकाे आइसाेलेशन वार्डकाे उद्घाटन गर्नुभयो । कार्यक्रममा मेयर राणाले कोभिड १९ सङ्क्रमण अन्त्य हुने निश्चित नभएका कारण भविष्यमा आइपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तया...

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन

८ वैशाख, काठमाडौँ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म …