काठमाडौँ । नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् । नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा […]
महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा बुधबार साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध गर्नुभएकोे विश्वासमा मिथिलामा यो उत्सव मनाइने परम्परा छ । सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले यहाँ रावणवध खास महत्वको […]
५ कात्तिक, बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका दुईवटा भवन प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन् ।
पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा …
यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियादस्थित आफ्नो दूतावासमा कार्यरत अत्यावश्यक सेवाबाहेकका कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई साउदी अरब छोड्न आदेश दिएको छ ।
काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन आफ्ना टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा हुनेहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आशीर्वाद थाप्न जाने गर्दछन् । […]