लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्। उनको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खन...

सम्बन्धित सामग्री

सुत्केरीमा कोराना सङ्क्रमण भेटिएपछि तीन गाउँ सिल

गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मी दरबार गाउँपालिकाका तीन वटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीन वटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ । । सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको आजदेखि कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ । गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताउनुभएको छ । ती महिलालाई आरडीटी पोजिटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज, प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकामा शनिबार पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।