रोकिएको कोरोना बीमाको दाबी भुक्तानी किस्ताबन्दीमा हुँदै, पहिलो चरणमा कति ?

रोकिएको कोरोना बीमाको दाबी भुक्तानी हुने भएको छ। अर्थमन्त्रालयले रोकिएको दाबी भुक्तानी रकम किस्ताबन्दीमा बजेट छुट्याउने भएसँगै कोरोना बीमाको दाबी भुक्तानी हुने भएको हो। एकै पटक नभई किस्ताबन्दीमा भएपनि बजेट छुट्याएर कोरोना बीमाको रोकिएको दाबी रकम भुक्तानी गर्नलाई अर्थमन्त्रालय तयार भएकाले रोकिएको कोरोना बीमाको दाबी भुक्तानी हुने निश्चित भएको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बिजपाटीसंगको अन्तर्वार्ताको क्रममा बताएका छन्। (अन्तर्वार्ता यहि फागुन ८ गते आइतबार बिजपाटी डटकममा प्रकाशित हुनेछ)सरकारको दायित्वमा पर्न गएको कोरोना बीमाको रकम एकै पल्ट नभएपनि अर्थमन्त्रालयले किस्ताबन्दीमा अर्थात पटक पटकमा भुक्तानी गर्ने गरि प्रकृया अगाडी बढेको अध्यक्ष सिलवालले बताए।करिब १ अर्ब रुपैयाँ बराबरको रकम पहिलो चरणमा निकासा हुँदा त्यसमा केहि रकम बीमा कम्पनी र आफुहरु मिलेर रोकिएको कोरोना बीमाको दाबि भुक्तानी सुरु गरिने अध्यक्ष सिलवालले बताए। बीमा समितिका अध्यक्ष सिलवाल भन्छन्,'सरकारले एक पटकमा भुक्तानी गर्छु भने पनि अहिलेको अवस्थामा त्यो सम्भव नभएकाले किस्ताबन्दीमा भुक्तानी गर्ने तयारी गरिएको हो, ढिलो चांडो सबै कोरोनाको बीमा दाबि भुक्तानी हुन्छ'   अर्थमन्त्रालय स्रोतकाअनुसार सरकारले पहिलो चरणमा कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब निकासा गर्नेछ र त्यसमा बीमा कम्पनी, बीमा समिति लगायतका तोकिएका संस्थाहरुले आ-आफ्नो दायित्व थप निर्वाह गर्नेछन र उक्त रकमबाट करिब १७ हजार जनाले कोरोना दाबी प्राप्त गर्नेछन। र सरकारले एवं रितले थप रकम निकासा गर्दै जाने र रोकिएको कोरोना बीमाको रकम पनि एवं रितले भुक्तानी हुँदै जानेछ।सरकारले कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बिमाको सुविधा डेढ वर्षभन्दा लामो समय देखि सर्वसाधारणहरूले पाउन सकेका छैनन्। झन्डै ११ अर्ब रूपैयाँ बिमा भुक्तानी दाबी गरिएको भए पनि उक्त रकम कहाँबाट जोहो गर्ने भन्ने विषय बारे देखिएको अन्योलका कारण अहिलेसम्म उक्त रकम निकासा हुन नसकेको अर्थमन्त्रालयको भनाई छ। कोरोनाभाइरसको विश्वव्यापी महामारीको प्रारम्भिक काल अघिल्लो वर्षको वैशाखमै नेपालमा कोरोना बिमा सुरु गरिएको हो। त्यतिखेर ६०० रूपैयाँ प्रिमियम बुझाएर सङ्क्रमित पुष्टि भएको कागजात देखाएमा एकमुष्ट रु १ लाख पाउने सर्तसहित थुप्रैले बिमा गराएका थिए।तर गत साउनदेखि नै देशमा सङ्क्रमितहरूको चाप बढ्न थालेपछि कोरोना बिमाका सर्तहरू कडा बनाइएको थियो।  सर्तहरू परिवर्तन गरिएपछि बिमा गराउनेहरूले सुरुको २५ हजार एकमुष्ट पाए पनि बाँकी चाहिँ औषद्योपचारका बिल भर्पाइ बमोजिम हुने नियम बनाईएको छ।हालसम्म झन्डै पाँच अर्ब रूपैयाँ भुक्तानी गरिएको र सरकारले ११ अर्ब ८२ करोड भन्दा बढी रकम दिन बाँकी रहेको छ। कोरोना बीमा मापदण्ड २०७७ मा साढे तीन अर्ब रुपियाँभन्दा माथिको रकम सरकारले ब्यहोर्ने प्रष्ट व्यवस्था छ। २०७७ कै साउन १६ गते अर्थ मन्त्रालयले साँढे तीन अर्ब रुपियाँभन्दा माथि ब्यहोर्ने सचिवस्तरीय निर्णय गरेको थियो। बीमा समितिका अनुसार एक लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । यो दाबी अनुसार बीमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपैयाँ हुन आउँछ। अहिलेसम्म ५५ हजारको हाराहारीले कोरोना बीमा बापतको रकम पाएको समितिको भनाइ छ। बीमा कम्पनीहरुले एक अर्ब २८ करोड र कोरोना बीमाको लागि स्थापना गरेको कोष अर्थात् पुलबाट ३ अर्ब ५० करोड भुक्तानी भएको छ। तर कोरोना बीमा बापत सङ्कलन भएको रकम भने एक अर्ब रुपैयाँ मात्रै हो ।

सम्बन्धित सामग्री

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा मृत्यु दाबी भुक्तानी, परिपक्व दाबी भुक्तानी र अग्रिम दाबी भुक्तानी गरी कुल ६९.६२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

रिलायबल लाइफले गर्‍यो एक करोड दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एक बिमितलाई एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दुई वर्षअघि ५० लाख रुपैयाँबराबरको बिमालेख खरिद गरेका प्रदीप ज्ञवालीको दुर्घटनामा मृत्यु भएपछि...

सामाजिक सुरक्षाको दाबी भुक्तानी ११ प्रतिशत

रकम संकलन सुरु भएको ३ वर्षमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दाबी भुक्तानी ११ प्रतिशत पुगेको छ । योजनामा हालसम्म दाबी भुक्तानी रकम कुल संकलित रकम २७ अर्बमध्ये लगभग ११ प्रतिशत अर्थात् २ अर्ब ९० करोड भएको हो । स्थापनाकालमा ४१७ वटा दाबी भुक्तानी परेकोमा हाल ४१ हजार ४४१ पुग्दा दाबी रकम बढेर झन्डै ३ […]

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७५ मा आएको बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबी बापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।...

बिमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन

काठमाडौँ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बिमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बिमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिन गन्ती गरेर बिमा रकमको व्याज समेत दिनुपर्ने […]

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् ।सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाखयता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । अहिले औपचारिक रूपमा नै कोरोना बीमाको दावी भुक्तानी स्थगन गरिएको संघले बताएको छ । संघका कार्यकारी सदस्य तथा एनएलजी इन्स्योरेन्सका सीईओ सु

बिमा दाबी भुक्तानी

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय सुकुना गुरुङको मृत्यु दाबी भुक्तानी गरेको छ।

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमान्डाैं / सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् । नेपाल बीमक संघका एक उच्च अधिकारीले... The post रोकियो कोरोना बीमा दाबी भुक्तानी appeared first on Purbeli News.

रोकियो कोरोना बीमा दाबी भुक्तानी

सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् ।नेपाल बीमक संघका एक उच्च अधिकारीले सरकारबाट रकम प्राप्त नहुँदा कम्पनीहरूलाई दाबी भुक्तानी दिन समस्या भएको बताए । ‘आफ्नो दायित्व सकिए पनि कम्पनीहरूले आफ्नो कोषबाट नै दाबी भुक्तानी दिने गर

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं, बैशाख १४ । सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् । नेपाल बीमक संघका एक […]