सुदूरपश्चिम सरकारले बिर्सिएको त्यो बाढीको क्षति, वर्षा हुँदा स्थानीय रातभर जाग्राम

गत वर्ष साउन ३० गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दलबलसहित कैलालीको बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरे । गत साउन १४ गते बाढी आउँदा १ हजार ६७१ परिवार विस्थापित भएका थिए । केहीले ज्यान गुमाए । धान बाली सोत्तर भयो । हुलाकी राजमार्ग नै भत्कायो । बाढीले बस्ती विक्षिप्त बनेपछि अनुगमनमा पुगेका थिए मुख्यमन्त्री भट्ट । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलगायत अनुगमनमा सहभागी थिए । बाढी प्रभावित स्थानीयलाई आश्वासन दिँ...

सम्बन्धित सामग्री

बागलुङको नरेठाँटी बजारमा बाढी : ३५ घर उच्च जोखिममा, लोकमार्ग अवरुद्ध

बागलुङ :  बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ। गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए।बिहीबार साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ। बाढीको त्रासले स्थानीय रातभर जाग्राम बसेका छन्। नकटेखोलाको कटानले तटिय क्षेत्रका घरहरु समेत जोखिममा परेको उनले बताए। ‘नरेठाँटी बजारन