पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। झण्डै दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले मंगलबार बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गरेका हुन्।उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन्। लामो समय नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर

सम्बन्धित सामग्री

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन

३० साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् […]

पारस खड्काको नजर क्रिकेट संघतिर

१८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् । खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष बिहीबार पुरा भयो । यससँगै पूर्व कप्तान खड्कालाई क्रिकेट संघको पदाधिकारीमा चुनाव […]

पारस र ज्ञानेन्द्रको जर्सी सर्वोच्च शिखर सगरमाथामा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ ।  आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् । नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास  लिइसकेका छन् । छन् । यता ज्ञानेन्द्र […]

पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुर्याइयो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ । आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् ।नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता ज्ञानेन्द्र मल्ल पछिल्लो टिममा परेका छैनन् ।

विपक्षीले समेत ‘पारस’ सम्झिएको क्षण

नेपाली क्रिकेटका लागि ‘भगवान’ मानिन्थे पूर्व कप्तान पारस खड्का । हुन पनि नेपाललाई डिभिजन ५ देखि टी २० विश्वकप हुँदै एकदिवसीय मान्यता दिलाउने क्रममा पारसको कप्तानी र प्रदर्शन इतिहासले सम्मान गर्दछ । अहिले पारस मैदानमा छैनन्, कप्तानी छाडेलगत्तै उनले खेल जीवनबाट सन्यास लिए । उनमा खेल्ने उमेर र ऊर्जा भरपूर बाँकी रहँदै राजीनामा दिनुको कारणबारे …

क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्व कप्तान पारस खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेका उनले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराए । नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उनले उल्लेख गरे । ‘म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो,’ पारसले भने ।  उनले २ वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटलाई विट मार्ने विषयमा सोचि...

मानसिक रुपमा ५० वर्षको भइसकेँ  : पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ३३ वर्षीय पारस खड्काले मानसिक रुपमा भने आफू ५० वर्षको भइसकेको बताएका छन् । सन्यास घोषणापछि पत्रकार सम्मेलन गर्दै उनले खेलाडीका रुपमा नेपाली क्रिकेटका लागि सक्दो योगदान गरिसकेकाले क्रिकेट व्यवस्थापनमा नयाँ बाटो खोज्न चाहेको स्पष्ट पारे । उनले आफू व्यवस्थापकका रुपमा क्रिकेटमा सक्रिय हुन चाहेको बताए । ‘व्यवस्थापनमा आउन चाहन्छु । कुनै न कुनै रुपमा क्रिकेटमै जोडिरहनेछु,’ पारसले भने,‘मेरो सल्लाह,सुझाव क्रिकेटका लागि आवश्यक पर्छ भने त्यस

हिजाेसम्म प्यासनले ड्राइभ गरेकाे थियाे, आजबाट करियर सुरु भयाे: पारस खड्का

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै पारसले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका हुन्। उनले केही महिनामै उक्त एकेडेमीको उद्घाटन गर्ने पनि जानकारी दिए। मंगलबार पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। पत्रकार सम्मेलनमा पारसले घरेलु क्रिकेटमा अझै केही समय आफू रहने […]

पारस खड्का मिस हुनेछन् : प्रशिक्षक वाटमोर

२० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्का क्रिकेटकाे मैदानमा मिस हुने नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले बताएका छन् । बिडीक्रिकटाइम डट कमसँगकाे कुराकानीमा वाटमाेरले यसाे भनेका हुन् । ‘पारस दु:ख का साथ मिस हुनेछन् । हामी धेरैले यस्ताे हुन्छ भन्ने साेचेका थिएनाैं ।’ वाटमाेरले भनेका छन् । ३४ वर्षीय पारसले […]

पारस खड्काः अब्बल खेलाडीको अवकाश, अब कता ?

काठमाडौं, साउन १९ । पारस खड्का नेपाली क्रिकेटका अब्बल दर्जाका खेलाडी हुन् । मैदानमा जसरी उनको ब्याट र बल चल्थ्यो, उसैगरी नेपाली क्रिकेट व्यवस्थापनमा भएका बेथितिविरुद्ध निर्भिक रुपमा आवाज पनि । नेपाली क्रिकेटको भविष्य थाम्न १५ वर्षको किशोर वयमै मैदान छिरेका उनी १८ वर्ष अविछन्न खेल जीवनपछि सन्यास लिने कठोर निर्णयमा पुगे । सन्यास, कुनै […]