धनुषामा जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदार कारबाहीमा

धनुषा - जाँडरक्सी खाएर होहल्ला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोककाे एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेका हुन् । हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएकाे धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा...

सम्बन्धित सामग्री

२ लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

जनकपुरधाम । मधेश प्रदेश ट्राफिक प्रहरीले बितेका ८ महीनामा २ लाख ५ हजार ५१५ सवारीसाधनलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा उक्त कारबाहीबाट रू. १५ करोड ५७ लाख २६ हजार जरीवाना असुल गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए । प्रहरीका अनुसार बारामा ३४ हजार ३०० सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट रू. ३ करोड १३ लाख ७८ हजार ५०० राजस्व असुली भएको छ । त्यस्तै, सिरहामा ३७ हजार ५८४ सवारीसाधनलाई कारबाही गर्दा रू. २ करोड ४३ लाख ९२ हजार ५०० राजस्व संकलन भएको छ । सप्तरीमा २३ हजार ५५० सवारीसाधनको कारबाहीबाट रू. १ करोड ५० लाख ३८ हजार र धनुषामा २० हजार ८३६ सवारीसाधनलाई कारबाही गर्दा रू. १ करोड ४३ लाख ३७ हजार ५०० राजस्व संकलन भएको छ । त्यस्तै महोत्तरीमा २४ हजार ३ सय सवारीसाधनको कारबाहीबाट रू. १ करोड ८४ लाख ५८ हजार ५००, सर्लाहीमा २० हजार ४०० सवारीसाधनको कारबाहीबाट रू. १ करोड ४९ लाख २६ हजार, रौतहटमा २३ हजार ३ सय ४४ सवारीसाधनको कारबाहीबाट रू. १ करोड ८२ लाख ८२ हजार ५०० र पर्सामा २१ हजार २०० सवारीसाधनलाई कारबाही गर्दा रू. १ करोड ८९ लाख १२ हजार ५०० राजस्व संकलन भएको वरिष्ठ प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान

बन्दुकधारीले चलाएको एक राउन्ड गोलीको जवाफी कारबाहीमा प्रहरीले चार राउन्ड गोली चलाएको प्रहरी नायब निरीक्षक यादवले भने, 'प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् भने अन्य व्यक्तिहरु फरार भएका छन्।'...

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, १ जना घाइते

धनुषा – धनुषाको गणेशमान चारनाथ ४ पोर्ताहामा रहेकाे चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएका प्रहरीले जनाएको छ । खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब ...