धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, १ जना घाइते

धनुषा – धनुषाको गणेशमान चारनाथ ४ पोर्ताहामा रहेकाे चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएका प्रहरीले जनाएको छ । खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब ...