एमसीसी पास गर्न खोजिएको भन्दै विप्लवसहितका पाँच पार्टीको नेपाल बन्द

काठमाडौं – एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) ने…

सम्बन्धित सामग्री

संसदबाट एमसीसी पास गर्नु उचित : वामदेव क्षेत्री

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी […]

माओवादी केन्द्रीय सदस्यहरु भन्छन्- एमसीसी पार्टीको मूल्य मान्यता अनुसार नै

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले एमसीसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसद्बाट पारित भएको दाबी गरेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीसँग नेताहरूले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिएबमोजिम नै संसदबाट पारित भएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसद्बाट एमसीसी पास गर्नु उचित भएको बताए। उनले […]

एमसीसी पास भएपछि सत्ता गठबन्धन चुनावसम्म जाने निश्चित भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् । पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताए ।  ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिग

एमसीसी पास गर्न एमालेले पनि सघायो : काँग्रेस

नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् । ‘अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो’, काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने। समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उनको भनाइ छ ।  एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि उनले जिकिर गरे ।उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ – सत्ता गठबन्धन टुट्ने जोखिम बढेपछि नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिएका हुन्। पार्टीको बैठकबाट निर्णय गरेर प्रचण्ड गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार गएका छन्। बालुवाटार […]

यथास्थितिमा एमसीसी पास हुन सक्दैन : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण तथा नयाँ नेतृत्वलाई स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज श्रेष्ठले यथास्थितिमा एमससीसी पास हुन नसक्ने स्पष्ट पारेका हुन् । देशको सार्वभौमिकतालाई दाउमा राखेर माओवादी केन्द्रले कुनै पनि सन्धि सम्झौता नगर्ने उनको भनाइ थियो । यस्तै इन्चार्ज श्रेष्ठले पाँच दलीय सत्ता गठ

‘चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी पास गर्ने षडयन्त्र’

सरोकारवालाहरूले सैन्य रणनीतिअनुसार एमसीसी सम्झौता अगाडि बढाएको भन्दै त्यसको खारेजीको विकल्प नभएको बताएका छन् । उनीहरुले अमेरिका नेपालको प्राकृतिक साधन–स्रोत कब्जा गर्न र नेपालीभूमि प्रयोग गरेर चीन घेर्ने रणनीतिमा रहेको बताएका थिए ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभावले मंगलबार राजधानीस्थित संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीतिअनुसार एमसीसी सम्झौता लागु गर्न चाहेको बताए

प्रचण्डको घोषणा : एमसीसी पास हुँदैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार  पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र र