श्रीमान्को मृत्यु भएपछि श्रीमतीबाट ५ करोड बिगो असुल्न अख्तियारले दायर ग-यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान्को मृत्यु भएकाले श्रीमतीबाट बिगोबराबरको रकम असुलउपर गर्नुपर्ने भन्दै मुद्दा दायर गरेको छ । अख्तियारले साढे ५ करोडको बिगो दाबी गर्दै भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहितका व्यक्तिविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिक लाभ दिलाएको भन्दै […] The post श्रीमान्को मृत्यु भएपछि श्रीमतीबाट ५ करोड बिगो असुल्न अख्तियारले दायर ग-यो मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

यसकारण वाग्मतीका मेयर थापाविरुद्ध साढे ५ करोड भ्रष्टाचारको मुद्दा

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गत स्थानीय तह निर्वाचनमा माओवादीबाट वाग्मती नगरपालिका प्रमुखमा निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेयर बनेर भ्रष्टाचार : निर्माण कम्पनी, च्याउ फर्म, सहकारी र जग्गामा लगानी

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेयर बनेर भ्रष्टाचार : निर्माण कम्पनी, च्याउ फर्म, सहकारी र जग्गामा लगानी

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गण्डकी प्रदेशका पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध सवा ५ करोडको भ्रष्टाचार मुद्दा

नदीजन्य वस्तु उत्खननमा अनियमितता गर्ने बाराको जितपुर सिमरा उप महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा ५ करोड रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली बिल बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

चैत २, काठमाडौं । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करको नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलवार उच्च अदालत पाटनमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका देउजा गाउँमा स्थायी बसोबास गर्ने दिपककुमार देउजा, चितवन कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौंको सितापाइला बस्ने मोहनप्रसाद भट्टराई र काठमाडौं लगनटोलमा स्थायी बसोबास गर्ने सुनिलमान शाक्य रहेका छन् ।  उनीहरुले सौगात इन्टरनेशनल नामक कम्पनीबाट नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि बिजकमार्फत विवरण तयार गरी राजस्व छली गरेको विभागले बताएको छ । मूल्य अभिवृद्धि करतर्फ २ करोड ५२ लाख १४ हजार ३९५ रुपैयाँ र आयकरतर्फ ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँसमेत गरी ८ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ कायम गरी प्रतिवादीहरु दिपक कुमार देउजा र मोहनप्रसाद भट्टराईसँग असूल उपर गरी बिगोको शतप्रतिशत जरिवाना माग गरिएको छ । यसैगरी सुनिलमान शाक्यको हकमा भने मतियारलाई हुने सजाय हुन माग दावी लिई अभियोग पत्र दायर गरिएको  छ । विभागले उनीहरुबाट कुल १६ करोड ४३ लाख रुपैयाँ बिगो तथा जरिवाना माग पनि गरेको छ ।

राजश्व छलीको अभियोगमा ५ करोड ५६ लाख बिगो माग्दै १२ जनाविरूद्ध मुद्दा

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजश्व छली गरेको अभियोगमा २ व्यापारिक फर्मका सञ्चालकसहित १२ जनाविरूद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले रूपन्देहीको कृष्टल बोटलर्स प्रा.लि.का सञ्चालक फुलसिंह क्षेत्री, माउन्ड एभरेष्ट डिस्टीलरी प्रालिका सञ्चालक मृगेन्द्रगोविन्द श्रेष्ठ र सिद्धार्थनगर–३ का मोहम्मद साहिद अन्सारीसहित १२ जनाविरूद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।नक्कली अन्तःशुल्क स्टिकर टाँसेर ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ राजश्व छली गरेको पाइएकाले उनीहरूलाई मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। उनीहरूलाई बिगो बराबरको रकम, जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।

नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो ।अभिनास इन्टरनेशनल प्रालिको सञ्चालक समेत रहेका उनल...