नक्कली बिल बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

चैत २, काठमाडौं । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करको नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलवार उच्च अदालत पाटनमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका देउजा गाउँमा स्थायी बसोबास गर्ने दिपककुमार देउजा, चितवन कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौंको सितापाइला बस्ने मोहनप्रसाद भट्टराई र काठमाडौं लगनटोलमा स्थायी बसोबास गर्ने सुनिलमान शाक्य रहेका छन् ।  उनीहरुले सौगात इन्टरनेशनल नामक कम्पनीबाट नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि बिजकमार्फत विवरण तयार गरी राजस्व छली गरेको विभागले बताएको छ । मूल्य अभिवृद्धि करतर्फ २ करोड ५२ लाख १४ हजार ३९५ रुपैयाँ र आयकरतर्फ ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँसमेत गरी ८ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ कायम गरी प्रतिवादीहरु दिपक कुमार देउजा र मोहनप्रसाद भट्टराईसँग असूल उपर गरी बिगोको शतप्रतिशत जरिवाना माग गरिएको छ । यसैगरी सुनिलमान शाक्यको हकमा भने मतियारलाई हुने सजाय हुन माग दावी लिई अभियोग पत्र दायर गरिएको  छ । विभागले उनीहरुबाट कुल १६ करोड ४३ लाख रुपैयाँ बिगो तथा जरिवाना माग पनि गरेको छ ।  

सम्बन्धित सामग्री

राजस्व छलीमा संलग्नविरुद्ध ४५ करोड माग दाबी मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न दुई जनाविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबीसहित उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ । विभागले नक्कली बिल जारी गरी राजस्व छलीमा संलग्न सर्लाही ब्रह्मपुरी नगरपालिका–२, सखुबाबा स्थाई घर भई काठमाडौं–१४ कुलेश्वर रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका प्रोपराइटर प्रवीणकुमार महतो र […] The post राजस्व छलीमा संलग्नविरुद्ध ४५ करोड माग दाबी मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन कम्पनीविरुद्ध उच्च अदालत मुद्दा दायर, ५६ करोड मागदाबी

राजस्व अनसन्धान विभागले ठगी मुद्दाको आरोपमा तीन कम्पनी विरुद्ध पाटन उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले नक्कली बिल प्रयोग गरि राजस्व छलि गर्ने बारा जितपुरको दुई वटा फर्म युनिक लुद्दिन इन्टरनेशनल प्रालि र न्यू माया ट्रेड कन्सर्न र अबैध सुन ओसारपसारमा संलग्न काठमाडौं स्थित मैतीदेवीको बुद्ध ज्वेलरी वर्कशपलाई कारबाही गरेको हो । विभागका अनुुसार युनिक लुनिले वस्तु खरिद नै नगरि नक्कलि मूल्य अविवृद्धि बिल प्रयोग गरि ५ करोड ३५ लाख १२ हजार ८०४ रुपैयाँ मूल्य अभिवृद्धि कर, ९ करोड ३४ लाख २७

नक्कली बिल प्रयोग गरि राजस्व छली गरेको आरोपमा फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं, पुष ९ । राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलबिजक प्रयोग गरी वस्तु तथा सेवा खरिद नै नगरी राजस्व छली गरेको आरोपमा केही फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले २५ करोड बराबर राजस्व छली गरेको आरोपमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार […]

नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख राजस्व छल्ने फर्म बिरुद्ध मुद्दा दायर

मंसिर १०, काठमाडौं । नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख बढी राजस्व छल्ने फर्म राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको छ ।  जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको उज्ज्वल ट्रेड कन्सर्न, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दिव्या ट्रेड कन्सर्न, हिलिहाङ्ग गाउँपालिका वडा नम्बर ७ को टोनी कन्सर्न ट्रेडका सञ्चालक प्रदिप शाह गोढले वस्तु तथा सेवाको प्रयोग नगरी झुट्टा तथा नक्कली मु.अ.कर बिजक जारी गरी ९ करोड १८ लाख ९९ हजार ३४९ मूल्य अभिवृद्धि कर र २० करोड ५८ लाख ७५ हजार १५० रुपैयाँ आयकर गरी कुल २९ करोड ७७ लाख ७४ हजार ४९९ रुपैयाँ राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको हो ।  उक्त रकम असुल गरी निज कम्पनी माथि कारबाही गर्न विभागले उच्च अदालत पाटनमा कम्पनी विरुद्ध शुक्रवार मुद्दा दायर गरेको छ । साथै, उक्त फर्महरूको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व छली गर्ने कार्यमा सहयोगी गर्ने मतियार लेखापरीक्षकलाई समेत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन समेत) बमोजिम मुख्य प्रतिवादीहरूलाई हुने सजायको आधा सजाय दिन समेत विभागको माग रहेको छ ।

लुज बिलको प्रयोग गर्ने विष्णु ज्ञवाली विरुद्ध १४ करोड माग दाबी सहित मुद्दा दायर

काठमाडौं। राजस्व अनुसनधान विभागले नक्कली बिल प्रयोग गरि व्यवसाय सञ्चालन गर्ने विष्णु ज्ञवाली विरुद्ध मुद्दा दायर गरेको छ। १४ करोड

नक्कली बिल बनाई कारोबार गर्ने विभिन्न कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ३१ । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा बिल बिजक बनाई कारोबार गर्ने विभिन्न फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । नक्कली तथा झुटा बिल बिजक बनाई कारोबार गर्ने विभिन्न फर्म तथा कम्पनीविरुद्ध ७१ करोड रकम मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले मालवस्तु खरिद तथा आयात नगरी […]

झुठो कम्पनी खडा गरेर ठगी गर्ने तीन जना राजस्व अनुसन्धानको फन्दामा

काठमाडौं । झुटो तथा नक्कली कम्पनी खडा गरेर नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने तीन जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भरतपुरको सन्तोषी लोहनी जेभी र निर्माण सेवाका केशव कंडेलसहित ३ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ  । केशवराज कँडेलसहित ३ जनाबाट १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैया विगो अ...

कर छली गर्नेविरुद्ध उच्च अदालतमा २० करोड बिगोका ३ मुद्दा

काठमाडौं । झुटो तथा नक्कली बिल प्रयोग गर्ने विरुद्ध  राजस्व अनुसन्धान विभागले उच्च अदालतमा मुद्दा दायर गरेको छ