सालको अवैध काठ ओसारेको आरोपमा ४ जना पक्राउ

अवैध रूपमा सालको काठ ओसारेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी काठ समेत बरामद गरेको छ ।  पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका–२ का २१ वर्षीय महेश पुन, सोही ठाउँका २८ वर्षीय वसन्त क्षेत्री, २२ वर्षीय विनोद पुन र २८ वर्षीय सुशिल घर्तीमगर रहेका छन् ।  दाङको गढवा गाउँपालिका–५ कक्रहवाबाट अवैध रूपमा सालको काठ चोरी निकासी भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीवार राति कोइलाबासदेखि गढवातर्फ अवैधरूपमा सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी ...

सम्बन्धित सामग्री

काठ तस्करीमा संलग्न २ प्रहरीसहित ४ पक्राउ

अवैधरुपमा चिरान गरिएको काठ तस्करीमा सघाउ पुर्याएको आरोपमा २ प्रहरीसहित ४ जना पक्राउ परेका छन् ।  धरान २० स्थित विष्णुपादुकाको प्रस्तावित भवानीथान सामुदायिक वन क्षेत्रबाट अवैध काठ धरान बजार ल्याउँदै गर्दा आइतबार मध्यराती ढुवानीको साधनसहित स्थानीयले पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाइदिएका हुन् ।