पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ । पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रबर्द्धनका लागि मधेस सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो । सोही नीतिअनुरुप तराई मधेसकै मिनी उपत्यकाको रुपमा चिनिएको पर्साको ठोरीलाई मधेस प्रदेश सरकारले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । ठोरीको पर्यटकीयस्थल राइधारामा शुक्रबार बेलुकी आयोजित कार्यक्रममा मुख्यमन्त्र