सौराहाको होटल पार्क सफारीको रूम नं. २२२

१२ मंसिर, चितवन । चितवनको सौराहास्थित होटल पार्क सफारीमा यतिबेला सबैको ध्यान केन्द्रित छ । कारण, एमालेका अध्यक्ष केपी ओली यहीँ होटलमा बसेर पार्टी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व बनाउन कसरतमा छन् । एमाले महाधिवेशन प्रतिनिधिहरु बन्दसत्र वरपर देखिन्छन् । उनीहरु बेला बेला ओली बसेको होटल नजिक आउँछन् । नेताहरुबाट केही कुरा निस्कन्छ कि भनेर कुनै नेता […]

सम्बन्धित सामग्री

क्युबाको पाँच तारे होटलमा विस्फोट, कम्तिमा २२ जनाको गुम्यो ज्यान

क्युबाको एउटा पाँचतारे होटलमा भएको विस्फोटमा परी कम्तिमा २२ जनाले ज्यान गुमाएका छन् भने ६० भन्दा धेरै मानिस घाइते भएका छन्। क्युबाकै एक्स्कुसिभ पाँच तारे होटल सारातोगाको अगाडि पार्क गरिएको ग्यासको ट्याङ्कर पड्किँदा होटल तहसनहस भएको अनुमान गरिएको छ। पुरानो हाभानामा रहेको होटलका तल्लाहरु ध्वस्त भएका हुन्। कोभिड १९ का…

सिनेमाहल जाँदै हुनुहुन्छ वा पार्क ? साथमा खोप कार्ड अनिवार्य राख्नुहोला

माघ ७ गतेदेखि सार्वजनिक स्थलमा निस्किन खोप कार्ड अनिवार्य गरिएको छ । बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमाहल, रंगशाला हवाईयात्रा, पार्क जस्ता सार्वजनिक स्थानहरूमा जाँदा खोप कार्ड अनिवार्य गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोरोनाविरुद्धको खोप लगाएको कार्डको मोबाइलमा फोटो भए पनि हुनुपर्ने र सबै निकायले सो हेरेर मात्रै प्रवेशको व्यवस्था गर्नुपर्नेछ ।  यस्तै २५ जनाभन्दा बढी भेला हुने गरी कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले...

पूर्ण खोप कार्ड नभए होटल र रेष्टुरेन्ट छिर्न नमिल्ने

कोरोना संक्रमितको संख्या बढेसँगै होटल र रेष्टुरेन्ट प्रवेश गर्नलाई पनि खोप कार्ड चाहिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज नयाँ आदेश जारी गर्दै होटल र रेष्टुरेन्टमा जान पनि कार्ड अनिवार्य गरेको हो । नयाँ आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ । पूर्ण खोप लगाएको कार्डको फोटो भएपनि हुने छ ।प्रशासनले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थलहरूमा कडाई गर्नेक्रममा यस्तो निर्णय गरेको छ । तेस्रो

अब होटल, सिनेमा घर, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य

खोप कार्ड देखाएर मात्रै प्रवेश दिने निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ।...

सिटिजन्स बैंक र होटल सिटी पार्क जनकपुरबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र होटल सिटी पार्क जनकपुरबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका कार्ड भएका ग्राहकले होटलमा विशेष छुट पाउनेछन् ।बैंकले नयाँ ग्राहकका लागि इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली, इन्टरनेट बिल भुक्तानी गर्न सकिने जनाएको छ ।योबाहेक प्रिपेड र पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति […]

ओलीलाई भेट्न फेरि पार्क सफारी पुगे ईश्वर पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेल अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्क सफारी होटल पुगेका छन् ।  यसअघि भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज हुनुपर्ने माग गरेका थिए ।  त्यही पदमा दाबी गरेका सुवास नेम्वाङले पनि असन्तुष्टि जनाएका छन् ।  वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन नसक्दा बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ । बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म शुरू हुन सकेको छैन ।

ओली बसेको होटलमा आकांक्षीहरूको भीडभाड

चितवन । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसनले अध्यक्ष केपी शर्मा ओली बसेको होटल पार्क सफारी रिसोर्टभित्र र बाहिर चहलपहल बढेको छ । अध्यक्ष ओलीलाई भेट्न नेताहरु होटल भित्रने क्रम चलिरहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्वमाओवादीको टोली अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिएको छ । बन्दसत्र […]

६ महीनापछि खुल्यो टीकापुर पार्क

कैलाली । कोरोना भाइरसको संक्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेका टीकापुर पार्क खुला गरिएको छ । लामो समयदेखि टीकापुर पार्क खुला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत हप्तादेखि खुला गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि गत वैशाखबाट पार्क बन्द भएको थियो । निषेधाज्ञा खुलेसँगै गत भदौ १९ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकको अवलोकनका लागि पार्क खुला गरिएको नगरपालिकाले बताएको छ । पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेको पार्कमा भीड नै लाग्ने गरेको छ । पार्क खुला भए पनि विगतका वर्षहरू जस्तो पर्यटकको भीडभाड भने निकै कम भएको छ । दशैं, तिहारको समयमा पार्क अवलोकनका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको छ । पार्कमा कार्यरत विनोद चौधरीका अनुसार अहिले दैनिक एक सयसम्म पर्यटक पार्क अवलोकनका लागि आउने गरेका छन् । पार्कमा कार्यरत कर्मचारीबाहेक अन्य ४० जना कामदार लगाएर पार्कको सरसफाइ लगायत काम सम्पन्न भएको भन्दै उनले पार्कको आन्तरिक व्यवस्थापनको बाँकी काम पनि जारी रहेको बताए । बर्दियाको राजापुरबाट टीकापुर पार्क अवलोकनका लागि आएका राजेश चौधरीले लामो समयपछि टीकापुर पार्कको अवलोकन गर्न पाउँदा खुशी लागेको बताए । यद्यपि पार्कभित्रको सौन्दर्य घटेको पाइएको भन्दै उनले पार्कको सरसफाइलगायत विषयमा सुधार हुनुपर्ने बताए । पार्क छेउमा होटल व्यवसाय गर्दै आएका रवीन्द्र विष्टले विस्तारै पार्क क्षेत्रमा चहलपहल बढ्न थालेपछि व्यवसायमा पनि सुधार हुन थालेको बताए । ‘पार्क खुल्दा अब व्यवसायीमा केही आशा पलाएको छ,’ उनले भने, ‘यसअघि साहु र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन ।’      टीकापुर पार्कसँग जोडिएको क्षेत्रमा ५० भन्दा बढीले व्यवसाय गर्दै आएका छन् । लामो समयको कोरोना कालमा केही व्यवसायी विस्थापित भएका छन् भने पार्कसँगै रहेको बनना रिसोर्ट, मुद्रा संग्रहालय र विज्ञान संग्रहालयको स्थापना भएको छ । रासस

इटहरीमा बन्द भए ९ होटल

सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गत वर्षदेखि बन्द  छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो । त्यस्तै, इटहरी उपमहानगर– ६ बिपीचोकस्थित सगुन होटल यो वर्षको कोरोना संक्रमणका कारण बन्द भएको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना–ठूला गरी ९ होटल बन्द भएका छन् । कोरोना महामारीबाट साना लगानीका होटल प्रभावित भएको होटल व्यवसाय संघ इटहरीले जनाएको छ । इटहरीमा गत वैशाखदेखि साउनसम्म ६ वटा साना र ३ ठूला गरी ९ वटा होटल बन्द भएको संघले बताएको छ । सरकारले जोखिमका बेला व्यवसायी हकहितका लागि लाभ हुने राहत प्याकेज ल्याउन नसकेपछि लाखाैं लगानी गरी खोलिएका होटल धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । कोरोना महामारीले पिल्सिएका होटल व्यवसायीलाई सरकारले राहत दिन ठोस नीति ल्याउनुपर्ने महतोको माग छ । होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट प्रभावित बनेका पर्यटन व्यवसायीको पीडा पनि उस्तै छ । सरकारले कोरोना त्रास देखाउँदै अन्य क्षेत्रलाई खुला गरिरहँदा पर्यटनलाई सञ्चालनमा रोक लगाउँदै आएको छ । यसले पर्यटन व्यवसायीको करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज अघि सारेर स्थापना भएका करोडाैं रुपैयाँ लगानीका पर्यटकीय क्षेत्र सिजनका बेला पनि सुनसान छन् । बजार, व्यवसाय खोल्न अनुमति दिएजस्तै पर्यटकीय क्षेत्रलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ ।  करिब ३० करोड रुपैयाँ लगानीमा हालै स्थापना भएको इटहरी–२ स्थित इपिल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि  लगानी जोखिममा परेको सञ्चालक भीम पौडेल बताउँछन् । नेपालकै नमुना पार्क भनेर स्थापना गरिए पनि सञ्चालन हुन नपाएपछि करोडौं रुपैयाँ डुब्ने अवस्था रहेको उनको गुनासो छ । अन्य व्यवसाय सुरु भइरहँदा पर्यटन क्षेत्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पर्यटन क्षेत्रलाई अझै बन्दी बनाउँदा व्यवसायी मर्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एन्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् । सरकारले सबै नागरिकलाई खोपको ब्यवस्था गरी पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीलाई तत्काल राहत प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर मगरले बताए ।