ओलीलाई भेट्न फेरि पार्क सफारी पुगे ईश्वर पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेल अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्क सफारी होटल पुगेका छन् ।  यसअघि भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज हुनुपर्ने माग गरेका थिए ।  त्यही पदमा दाबी गरेका सुवास नेम्वाङले पनि असन्तुष्टि जनाएका छन् ।  वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन नसक्दा बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ । बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म शुरू हुन सकेको छैन ।   

सम्बन्धित सामग्री

एमाले नेताहरु बाहिरिएपछि ओली भेट्न पुगे पूर्वमाओवादी नेता लेखराज भट्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेट गर्न पूर्व माओवादी नेता लेखराज भट्ट पार्क सफारी रिसोर्टमा पुगेका छन् । एमालेको नेतृत्व सर्वसम्मत चुन्ने प्रयासस्वरुप केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको नामावलीलाई अन्तिम रुप दिएको भनिएकै समयमा पूर्व माओवादी नेता भट्ट अध्यक्ष ओलीलाई भेट्न रिसोर्ट पुगेका हुन् ।ओलीसँगको छलफलबाट एमाले नेताहरु ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायत बाहिरिए लगत्तै भट्ट उक्त रिसोर्टमा पुगेर ओलीसँग भेट गर्दैछन् । ओली–भट्टबीचको छलफलमा एमाले नेताहरु विष्ण