नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने ठेकेदारलाई म्याद थप

सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण...

सम्बन्धित सामग्री

चितवनमा तीन निर्माण कम्पनी कालोसूचीमा

चितवन। चितवनका विभिन्न ठाउँमा विकास निर्माणका काम अलपत्र पार्ने तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन् । चितवनमा विकास निर्माणका काम अलपत्र पार्ने तीन कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले सूचना प्रकाशित गरेर कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । भरतपुर महानगरपालिकाको वडा नं ७ मा रहेको यो कम्पनी सडक डिभिजन कार्यालय, भरतपुरको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा परेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर शाहका अनुसार यो कम्पनीले राप्ती नगरपालिकाको बुढीखोलामा पुलको काम अलपत्र पारेको थियो । ‘कम्पनीले काम गर्दागर्दै अलपत्र पारेर सम्पर्कविहीन भयो । पटकपटक म्याद थप र ताकेता गर्दा पनि काम नगरेपछि कालोसूचीमा राखिएको हो,’ उनले भने । कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । यसैगरी रत्ननगर नगरपालिकाको सिफारिसमा रत्ननगर नगरपालिकाको वडा नं ८, ९ र १० मा सडक निर्माण अलपत्र पार्ने दुई कम्पनी हेटौंडाका निर्माण न्यौपानेको कम्पनी शिवालय बिल्डर्स र काठमाडौंका स्वप्निल पौडेलको कम्पनी एसबीएस इञ्जिनियरिङ एशोसिएट्सलाई पनि कालोसूचीमा राखिएको छ । शिवालयलाई एक वर्ष ६ महीना र एसबीएसलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।  रत्ननगर नगरपालिकाका इञ्जिनियर कृष्णप्रसाद उपाध्यायले ती दुई कम्पनीलाई पटकपटक म्याद थपेर अवसर दिए पनि १२ प्रतिशतभन्दा बढी काम नगरेको बताए । उनले भने, ‘दुवै कम्पनीलाई बारम्बार ताकेता गर्दा पनि काम गर्न सकेनन् । सार्वजनिक सुनुवाइमा समेत आएनन् ।’ दुवै कम्पनीले सडक कालोपत्र र सडक सौन्दर्यकरणको ठेक्का पाएका थिए । यीसँगै देशभरका २२ ओटा निर्माण कम्पनी कालोसूचीमा परेको कार्यालयको सूचनामा उल्लेख छ ।

निर्माण अलपत्र पार्ने नै पुरस्कृत, ठेक्कामा एक वर्ष म्याद थप

सरकारले निर्माण व्यवसायीको चर्को दबाबमा साढे तीन महिनामै फेरि सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ । नियमावली संशोधन गर्दै सरकारले पुराना र म्याद सकिएका ठेक्कालाई एक वर्ष म्याद थपिदिएको छ ।

पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई वडाध्यक्षले थुने आफ्नै कार्यकक्षमा

भक्तपुर– विगत तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन्। काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना गर्दै पुल निर्माण नगरी अलपत्र छाडेर उल्टै पुल निर्माणमा अवरोध आएकाले म्याद थप गर्ने आवेदन लिएर वडा कार्यालय आएका एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रवीन […]