बुटवल–नारायणगढ सडक खण्ड अलपत्र पार्ने चिनियाँ कम्पनीलाई चुनावलगत्तै म्याद थप किन दिइयो

काठमाडौं, १३ मंसिर । बुटवल–नारायणगढ सडक निर्माण कम्पनीले सम्झौता बमोजिम काम गर्न नसकेर आयोजना नै बर्बाद पारेपनि लिखित रुपमै म्याद थपको स्वीकृति पाउनुले आशंका जन्माएको छ । चुनाव सकिएलगत्तै गरिएको यो निर्णयले ठूलो आर्थिक चलखेलको आशंकामा बल पुगेको हो । यसअघि विवादास्पद चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँगको उक्त सडक खण्डको निर्माण सम्झौता रद्ध […]

सम्बन्धित सामग्री

बुटवल–नारायणगढ सडक बिस्तार निराशाजनक

नवलपुर । बुटवल–नारायणगढ सडक बिस्तारको गति निराशाजनक छ । सडक निर्माण गर्न सुरु गरेको चार वर्ष बितिसक्दा समेत आधा काम पनि नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ । बुटवल–नारायणगढ सडक बिस्तार आयोजनाले गति लिन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट्र इन्जिनियरीङ कर्पोरेसनले सडक […]

बुटवल- नारायणगढ सडकमा डेढ वर्ष म्याद थपिदिन ठेकेदारको माग

महेन्द्र राजमार्गअन्तर्गत  बुटवल- नारायणगढ  सडक विस्तारमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको छ । ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसअघि दोस्रो पटक म्याद थप गरेको थियो ।

चाइना स्टेट कम्पनीले ६० करोड भुक्तान नदिएको भन्दै सप्लायर्सले घेरे कार्यालय

बुटवल–नारायणगढ सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले सडक विस्तारको काम थालेको ३ वर्ष कटेको छ। सम्झौता अवधि सकिएर म्याद थप गर्दासमेत उसले जम्मा १८ प्रतिशतको हाराहारीमा मात्र काम सकेको...

नारायणगढ–बुटवल सडक विस्तार , एक वर्ष थपियो म्याद

नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप भएको छ। बुटवल–नारायणगढ सडक विस्तारको काम अहिलेसम्म ९० दशमलव ६६ प्रतिशत सकिनुपर्ने थियो तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेटले जम्मा १८ दशमलव ४४ प्रतिशत मात्र काम सकेको छ। कम्पनीले ढिलाइ गरेको भन्दै आलोचना भइरहेका बेला एक वर्ष म्याद थप भएको हो। सो कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनु आदि कारण देखाई काम ढिलो भएको देखाएको छ।

सडक विस्तारको एक वर्ष म्याद थप

नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप गर्ने तयारी गरेको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सक्नुपर्नेमा तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १८ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ ।