कहाँ पाइन्छ शुद्धता !

जब जब चाडपर्व नजिकिँदै जान्छ, तब तब हाम्रा सरकारी निकायहरू शुद्धताको अनुगमनमा निस्किइहाल्छन् । अनुगमनका यस्तो रामलीला नाटक हरेक वर्ष, हरेक शहरहरूमा मञ्चन गरिन्छन् । सरकारलाई पनि थाहा छ, यो उपभोक्ताका आँखामा छारो हाल्न गरिएको मेसो हो । उपभोक्तालाई पनि थाहा छ यो हाकिमहरूको अतिरिक्त कमाइको पासो हो । यसमा अरू धेरै कसैको गुनासो पनि छैन । गुनासो केवल सीमित यस्ता मान्छेहरूको हो, जो हरेक कुरामा शुद्धता र जवाफदेहिता खोजिरहेका हुन्छन्, जुन कुरा अहिलेको जमानामा, त्यो पनि हाम्रो देशमा सम्भवै छैन । त्यसैले यो त्यस्ता सीमित मान्छेहरूको मात्र समस्या हो, देशको, उद्योगीको, कर्मचारीतन्त्रको, राजनीतिको वा समाजको समस्या नै हैन ।  अहिलेको जमानामा तपाईंले शुद्धता खोजेर कहाँ वा कुन कुरामा पाउन सक्नुहुन्छ र भन्या ! सबैलाई थाहा छ, तपाईं बजारमा शुद्ध घिउ खोज्न जानुस्, डाल्डा वा पिँडालु मिसाएको पाउन सक्नुहुन्छ । फेरि मिसाएको डाल्डा पनि शुद्ध हुन्छ भन्ने कुनै ग्यारेन्टी त हुन्न । असला माछा त असली नहुने जमानामा मसला शुद्ध पाउने कुरै भएन । चामल, आँटादेखि कपडासम्म शुद्ध पाइन्न । अरू त अरू सुनमा समेत मिसावट बढ्न थालेको छ । देखिहाल्नु भो नि जिउँदो हुँदादेखि मरेपछि पुग्नुपर्ने पशुपतिनाथमा चढाएको सुनमा समेत पित्तल मिसाउन भ्याएछन् ! अब सुनभन्दा पित्तल पर्ने र पित्तल किन्दा सुन पर्ने जमाना आएपछि शुद्धता चाहिँ कहाँ पाउनु भन्या ? पित्तलमा सुन पर्दा जेल, सुनमा पित्तल पर्दा झेल । यस्तो तालमेलको खेल कहिले र कसरी पार्ने होला फेल ?  एउटा समय थियो रे जब देशमा शुद्ध दूध र घिउको नदी नै बहन्थ्यो रे । हो, त्यो दूधको नदी सानो थियो । तर जति बहन्थ्यो, पाउनेले शुद्ध नै पाउँथे । बीचमा विपरीत हावा लाग्न थाल्यो । बजारमा माग धान्न धौ धौ पर्न थाल्यो । अनि त के ? दूधको नदीमा पानीको नहर मिसिन थाल्यो । हुँदा हुँदा अहिले गाईभैंसीको दानामार्फत वा सीधै जहर अर्थात् मन्द विष समेत उपभोक्ताले दूधसँगै उपहार पाइरहेका छन् । त्यसपछि नेपाली अर्थशास्त्रमा यो सिद्धान्त प्रतिपादित भइसकेको छ कि मासमा पुग्नु छ भने अनिवार्य मिसावट गर, शुद्धताको सजावट गर । असला माछा त असली नहुने जमानामा मसला शुद्ध पाउने कुरै भएन । सुनभन्दा पित्तल पर्ने र पित्तल किन्दा सुन पर्ने जमाना आएपछि शुद्धता चाहिँ कहाँ पाउनु भन्या ? पित्तलमा सुन पर्दा जेल, सुनमा पित्तल पर्दा झेल । यस्तो तालमेलको खेल कहिले र कसरी पार्ने होला फेल ? यसरी दूधको नदीमा पानीको मात्रा बढ्दै गयो र कालान्तरमा दूध तत्त्व (त्यसभित्र रहेको घिउ, खनिज आदि) गायब हुँदै गयो र केवल सेतो पानी मात्र बाँकी रह्यो । तैपनि उपभोक्ता कराइरहेका छन्– दूध चाहिएन, बरु शुद्ध पानी नै पाऊँ न त भनेर । तर अफसोस– शुद्ध पानी पनि कहाँ पाइन्छ र हजुर ? अब पानी नै शुद्ध नपाएपछि पानी नै पानीले भरिएको शरीर कति दिन र कसरी शुद्ध रहन सक्छ र ? तपाईंले अलि ध्यान दिनुभयो भने थाहा पाइहाल्नुहुन्छ यहाँ केही, कोही शुद्ध छैनन् । जस्तै, कर्मचारीतन्त्रमै हेर्नुस् । अपवाद बाहेक, के त्यहाँ कुनै शुद्ध कर्मचारी तपाईंले देख्नु वा भेट्नुभएको छ र ? अझ राजनीतिमै हेरौं न । त्यहाँ त झन् शुद्ध नेता खोज्नु भनेको स्यालको सिङ खोज्नुजस्तै भएको छ । जनयुद्ध गरेर देशलाई समाजवादमा पुर्‍याउँछु भन्नेहरू, सभामुख, मन्त्री, प्रधानमन्त्री भैखाका मान्छेहरू त अन्तमा गएर सुनको सुरुङमा वा सर्प पाल्ने भ्वाङमा पो पुर्‍याउने भएछन् । त्यस्तो नहोस् पनि किन ? किनकि न दल शुद्ध छन्, न त तिनका घोषणापत्र । न तिनका दृष्टिकोण शुद्ध, न तिनीहरूले चलाउने वर्गीय संगठन शुद्ध छन् । कतै छन् भने देखाउनोस् । हो, सुन र पानी दुवै शुद्ध नभए पनि सुनपानीले दलाल, गुण्डा, भ्रष्टाचारी र तस्करलाई चोख्याउन सक्ने ल्याकत भने नेतामा चौरासी क्यारेट शुद्धता देखिन्छ ।  दलहरूका लागि प्रगति भनेको जातिवाद हो, अझ गुट, उपगुटवाद हो । उनीहरूको धर्मसंस्कृति भनेको संकीर्णता हो । समाजवाद भनेको वर्ग स्वार्थ हो । समाजसेवा भनेको नेतागिरी हो । अर्थात् देखाउने दाँत एउटा छ, चपाउने अर्कै । अनि देशमा तपाईं शुद्धताको आशा गर्ने ? यसको अर्थ के नेताहरूले यो देशको हितको विषयमा कहिल्यै चिन्तन गर्दै गर्दैनन् हो ? हैन । गर्न त गर्छन् नि । तर जब नेता चिन्तन गर्न थाल्छन्, तब त्यसमा कसरी कसरी आफ्ना दलको, अझ गुटको र अझ आफ्नो परिवारको हित चैं आफै मिसिन आउँदो रहेछ क्या ! यसको मतलब के जनता चैं सबै शुद्धै शुद्ध छन् त ? जनता शुद्ध भैद्या भे देशमा गधाहरू आफ्नै घरघरका छतमाथि पुगुन्जेल जनता के हेरेर बसिरहन्थे त ? अनि देश यति धेरै खण्ड खण्डमा, गुट उपगुटमा, सम्प्रदाय सम्प्रदायमा विभक्त भइरहुन्जेल के हेरेर बसिरहन्थे त ? अझ सामाजिक सञ्जालमा लेखिने र देखिने विचार तथा पृष्ठपोषणको भाषाको स्तरले जनता कुन हदमा शुद्ध रहेछन् भनेर देखाउँदैन र ? अर्थात् जस्ता जनता छन्, नेता पनि त्यस्तै हुने नै भए नि । हैन र ? त्यसो भए नेता अशुद्ध भएर जनता अशुद्ध भएका कि जनता अशुद्ध भएर नेता अशुद्ध भएका भनेर नसोध्नु होला । किनकि, यो त अण्डा पहिले कि कुखुरा पहिले भने जस्तो भएन र भन्या ? त्यसैले अहिलेको जमानामा शुद्ध चिज खोज्नु नै मूर्खता हो भन्छु म त । कोही मुसुक्क हाँस्यो भने पनि त्यसमा व्यापार मिसिएको देख्छु । अब त चाहे शुद्ध घिउ, मह होस् वा शुद्ध प्रेम, अथवा शुद्ध देशभक्ति वा शुद्ध देशभक्तिको चिन्तन सबै सबै कुरामा पनि मिसावटै मिसावट देखिन्छ । पुजारी र भक्त, मन्दिर र मस्जिद सबै कता कता अशुद्ध नै अशुद्ध देखिन्छन् । धर्मग्रन्थले अहिंसा भन्छ, त्यही ग्रन्थ बोकेर मान्छे बस्तीमा बम बर्साउँछ । अनि अब मन्दिर र मस्जिदमा पनि नपाएको शुद्धता खोज्न कहाँ जाने ? यसरी यहाँ न तन शुद्ध रह्यो, न मन शुद्ध रह्यो, न धन शुद्ध रह्यो, न त आत्मा शुद्ध रह्यो । हुँदा हुँदा अशुद्धताको विरुद्ध कारबाही गर्दै हिँड्नुपर्ने न सरकार शुद्ध रह्यो, न त्यसको विरोधमा आवाज उठाउनुपर्ने प्रतिपक्ष नै शुद्ध रह्यो । शुद्धताको वकालत गर्न खडा भएका उपभोक्ता हित समूहहरू केवल आफ्नो हित पो हेर्नेमा गए । यस्तो माहोलमा शुद्धताको कुरा गर्ने वा शुद्धताको खोजी गर्ने कोही यो देशमा छन् भने तिनलाई देशद्रोही घोषणा गरेर तुरुन्त देश निकाला गरियोस् सरकार ! यो चैं मेरो शुद्ध अनुरोध हो, यसलाई चाहिँ अशुुद्ध नपारौं है, सम्बन्धित सबैलाई हेक्का रहोस् !

सम्बन्धित सामग्री

के पाइन्छ माछामा ?

माछाको परिकार स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरीकाबाट पकाउन मिल्ने र छिटो पच्नेमा पर्छ । माछामा पौष्टिक तत्व पनि यथेष्ठ मात्रामा पाइन्छ । माछा विशेषगरी ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसले शारीरिक, मानसिक र मुटुको स्वास्थ्यका लागि फाइदा पुर्‍याउँछ । माछा लो फ्याट, अधिक प्रोटिन र केही पोषक तत्वले भरपुर हुन्छ । साथै यसमा […]

जहाँ १६ वर्ष पुग्नासाथ भाेट हाल्न पाइन्छ तर...

केही देश यस्ता छन्, जहाँ भोट हाल्न २१ वर्ष नपुगी हुँदैन । संयुक्त अरब इमिरेट्स (यूएई) मा त २५ वर्ष पुगेपछि मात्र मताधिकारको प्रयोग गर्न पाइन्छ ।

भोट माग्न आउनेलाई किसानले सोधे : अब मल पाइन्छ ?

१६ कात्तिक, परासी । ‘अब मल पाइन्छ कि पाइँदैन ?’ भोट माग्न घरमै आएका नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई रामग्राम नगरपालिका–१४ को ऐंचावलका मतदाताले सोधे । नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कँडेलले आश्वासन दिए, ‘पहिलाभन्दा मलका लागि अहिले सहज बन्दै गएको छ । फास्ट ट्रयाकबाट मल ल्याउन टेण्डर भइसकेको छ । अब धेरै समस्या झेल्नुपर्दैन […]

एसईईपछि स्वास्थ्यका के-के विषय पढ्न पाइन्छ? कति लाग्छ खर्च?

एसईईपछि प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका कलेजहरुमा स्वास्थ्यका के-के विषय पढ्न पाइन्छ? कुन विषय पढ्न कति खर्च लाग्छ? स्वास्थ्यखबरले यी विषयमा सिटिइभिटीका कर्मचारीसँग बुझेको छ।

टिएमजे : जहाँ पाइन्छ २८ प्रजातिका गुराँस

धनकुटा : त्यतिकै प्राकृतिरूपमा सुन्दर। त्यही ठाउँमा ढकमक्क फुल देख्दा कसलाई आनन्द अनुभूति नहोला! यस्तै अनुभूति हुन्छ टिएमजे (तीनजुरे‚ मिल्के र जलजले) पुग्दा।टिएमजे तेह्रथुम, संखुवासभा र ताप्लेजुङ तीन जिल्लाको संगमस्थल हो। यहाँ एउटै डाँडामा बसेर २८ प्रजातिका गुराँस फुले हेर्न पाइन्छ। त्यसैले टिएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ। विश्वमा ३२ प्रजातिका गुराँस पाइन्छ।फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य सिजन हो। गुराँस फुल्ने सिजन सुरू भएसँगै टिएमजेको प्रवेशद्वार रंगिन बन्दै ग

जहाँ १० रुपियाँमा कपडा पाइन्छ

काठमाडौं। के तपाईंलाई थाहा छ, काठमाडौंमै १० रुयिायाँमा कपडा किन्न पाइन्छ। सामाखुसी टाउन प्लानिङमा रहेको सुखावती स्टोरले १० रुपियाँमा कपडा बेच्ने गरेको छ। त्यहाँ १० रुपियाँ देखि कपडा किन्न पाइन्छ। स्टोरका अध्यक्ष चिजमान गुरुङका अनुसार हरेक दिन २÷३ सय ग्राहक त्यहाँ कपडा किन्न पुग्ने गर्छन्। यति सस्तो कपडा कसरी त? गुरुङ भन्छन्, 'मान्छेहरुले नलगाएका, थन्काएका कपडा जम्मागरी पुनः बेच्ने गर्छौ।'

यस्तो माटोको थुप्रो मुनि पाइन्छ सुन, कसरी थाहा पाउने ?

सुन कहाँ पाइन्छ भन्ने तपाईं सोच्नुहुन्छ होला । सामान्यता सुन खानीहरुबाट उत्खनन गरिन्छ । महँगो भएका कारण सुन लगाउने इच्छा हुँदा हुँदै पनि लगाउन नसकेर तपाई चिन्तित हुनुहुन्छ होला । तर सुन तपाईंकै घर आगनमा पनि पनि पाइन सकिने नयाँ तथ्य सार्वजनिक भएको छ । वैज्ञानिकहरुका अनुसार धमिराले लगाउने माटोको ढिस्को मुनि सुन हुने सम्भावना अत्याधिक हुन्छ ।  अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानका अनुसार कुनै पनि क्षेत्रका सुनको खानी पत्ता लगाउनका लागि धमिराले बनाएका माटोको ढिस्को, माटोको अवस्थिति महत्वपूर्ण हुने गर्दछ । ...

झाँक्रीलाई ओलीको प्रश्न: देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्रीलाई ‘देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? भनेर प्रश्न गरेका छन्। सोमबार राजधानीमा भएको राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले रामकुमारीमाथि कटाक्ष गरेका हुन्। उनले भने, ’तिनीहरुको सरकारलाई सोध्छु, बोल्न पाइन्छ कि पाइँदैन। राष्ट्रियताबारे सुन्न पाइन्छ कि पाइँदैन?

साउनमा शिव पुजे चाहेजस्तो पति पाइन्छ रे

साउनमा शिव पुजे चाहेजस्तो पति पाइन्छ रे, हरेक सोमबार शिव पुज्न मन्दिर धाएकी छु। नाई भन्ने छैनौ अब पक्कै पनि मान्छौ तिमी, जसै गरी जुटाइदिनु भनी दुध चढाएकी छु। शिवजीलाई खुसी पारे पाइन्छ रे सबथोक, बेलपत्र चढाई शिवजीलाई फकाएकी छु।...