तथ्यांकले देखाएको बाटो

गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापारमा आयातको अंश कम हुनु सुधारोन्मुख पक्ष भए पनि निर्यात व्यापार बढ्न नसक्नु दुःखद हो । सरकारी निकाय भन्सार विभागका अनुसार अघिल्लोको तुलनामा गत वर्ष कुल वैदेशिक व्यापार कम भएको छ । यही कारण आयात र निर्यात दुवै कम भएका छन् । गत वर्ष कुल वैदेशिक व्यापार १७ खर्ब […]

सम्बन्धित सामग्री

नेपालबाट विदेश जाने बढी जनसंख्या २० देखि २९ वर्ष उमेर समूहका

नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु जाने गरेको तथ्यांकले देखाएको छ।...

अभियान सम्पादकीय:  नयाँ तथ्यांकले देखाएको बाटो

राष्ट्रिय जनगणना २०७८ ले केही यस्ता तथ्यांक सार्वजनिक गरेको छ जुन नेपालका नीतिनिर्माताहरूलाई गम्भीर बनाउने खालको छ । तीमध्ये जनसांख्यिक परिवर्तन एक हो भने अर्को अर्थतन्त्रसँग सम्बद्ध रहेको छ । १० वर्षअघिको तथ्यांक र अहिलेको तथ्यांक तुलना गर्दा नेपालले नीतिगत परिवर्तन गर्नुपर्ने समेत देखिएको छ ।  नेपालमा १० वर्षभन्दा बढी उमेर भएका २ करोड ३९ लाख ५८ हजारमध्ये ३७ दशमलव ५ प्रतिशत नागरिक कुनै पनि आर्थिक काममा संलग्न नभएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । त्यस्तै नेपालमा अझै पनि ५० प्रतिशत नागरिक कृषि पेशामा संलग्न रहेका छन् । यसले अहिले पनि कृषि नै मुख्य पेशा रहेको दोखाउँछ तर पनि नेपालमा कृषिको अवस्था निकै कमजोर छ । ठूलो संख्या कृषिमा लाग्दा पनि गुजारा चलाउन सक्ने अवस्था छैन । यो किन भयो सरकारले मनन गरी सुधार गर्नुपर्छ । १० वर्षको अन्तरमा १० प्रतिशत जनसंख्याले कृषि पेशा छाडेको देखिन्छ । आर्थिक गतिविधि बढ्दै जाँदा कृषिमा लाग्ने जनसंख्या कम हुनु स्वाभाविकै हो तर उत्पादन र उत्पादकत्व हेर्दा यति धेरै जनसंख्या संलग्न पेशामा निकै समस्या छ भन्ने देखाउँछ । मुलुकको अर्थतन्त्रको विस्तार गर्न कृषिक्षेत्रमा सुधार ल्याउन जरुरी देखिन्छ । आधा जनसंख्याको पेशा बनेको कृषिमा सरकारले विनियोजन गर्ने बजेट र कार्यक्रम पर्याप्त देखिँदैन । बजेटमा परेका कार्यक्रमको प्रभावकारी कार्यान्वयन देखिँदैन भने राखिएका कार्यक्रम पनि उत्पादन बढाउन सहयोगी हुने खालको देखिँदैन । त्यसैले कृषिमा आधुनिकीकरण गरी बजारको समस्या हटाउन जरुरी देखिन्छ । जबसम्म उत्पादनको बजारीकरण प्रभावकारी हुन्न, किसानको लागत कम पार्ने उपाय अवलम्बन गरिँदैन तबसम्म कृषिबाट आर्थिक रूपान्तरण गर्न कठिन हुन्छ । तथ्यांकले देखाएको अर्को ठूलो चिन्ताको विषय भनेको जनसांख्यिक अवस्था र प्रवृत्ति हो । विश्वभरि नै सुविधाको खोजीका लागि गाउँबाट शहरतर्पm बसाइँ सर्ने प्रवृत्ति पाइन्छ । त्यो अन्यथा होइन । तर, नेपालमा भने पहाडका शहरबाट समेत तराईका क्षेत्रमा बसाइँ सराइ बढ्दो छ । हिमाली र पहाडी क्षेत्रमा जनसंख्या तीव्र गतिमा घटेको छ भने कुल जनसंख्याको ठूलो अंश तराईमा झरेको देखिन्छ । यसले तराईको खेतबारी घडेरी बन्न थालेको र कृषि क्षेत्रफल घट्न सक्ने सम्भावना देखाएको छ । अर्को, नेपालमा जनसंख्याको वृद्धिदर पनि निकै घट्दो दरमा रहेको देखिन्छ । १० वर्ष अघि जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकामा अहिले त्यो घटेर शून्य दशमलव ९२ प्रतिशतमा खुम्चिएको छ । सरकारले जनसंख्या वृद्धिदर घटाउन लिएको नीतिले यसो भएको हो । तर, प्रौढको संख्या बढ्दै जाने र युवाको संख्या घट्दै जाने हो भने नेपालले जनसांख्यिकीय लाभ लिन नसक्ने देखिन्छ । अहिले युवा रोजगारीका लागि विदेशिएका छन् र तिनले पठाएको विप्रेषणले अर्थतन्त्रलाई ज्यान दिएको छ । देश समृद्ध नबन्दै प्रौढको संख्या बढ्दा भोलिका दिन नेपालको अर्थतन्त्र झनै समस्यामा पर्ने निश्चित जस्तै छ ।  अतः उत्पादनमूलक क्षेत्रको विकास गर्न र जनसांख्यिक सन्तुलन कायम गर्न विशेष ध्यान दिनुपर्ने देखिएको छ शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा नेपालको प्रगति सन्तोषजनक मानिए पनि आर्थिक गतिविधिमा भने नेपालको अवस्था कमजोर रहेको देखिन्छ । त्यसैले कृषिक्षेत्रको विकासका लागि विशेष अभियान नै चलाउनु आवश्यक देखिन्छ भने उद्योग–कलकारखानाको विस्तार गरी मुलुकभित्रै रोजगारी सृजना गर्नु पनि उत्तिकै जरुरी देखिन्छ । विगतमा सरकारले लिएका नीतिहरूले केकस्ता परिवर्तन ल्यायो र केकस्ता परिवर्तन ल्याउन सकेन तथा किन सकेन भन्नेमा गम्भीर अध्ययन जरुरी देखिएको छ । यसै आधारमा आगामी दिनमा योजना आयोग र सरकारले नीति तथा कार्यक्रम तय गर्नुपर्ने देखिन्छ । यस्ता तथ्यांकको आधारमा नयाँ योजना बन्न सके र सोहीअनुसार कार्यान्वयन भए मात्र राष्ट्रिय स्तरमा गरिएको जनगणनाको महŒव हुन्छ ।

तथ्यांकले देखाएको निर्यात सम्भावना

निर्यातको दाँजोमा आयात निकै ठूलो अन्तरले बढिरहेको सन्दर्भमा निर्यात वृद्धिका लागि सरकारले उच्च प्राथमिकता दिएर कार्यक्रम र संयन्त्रहरूसमेत निर्माण गरेको छ । तर, तथ्यांकले के देखाउँछ भने नेपालबाट निर्यात हुन सक्ने वस्तु थुप्रै छन् तर तिनको प्रवर्द्धन गर्न सकिएको छैन । कतिपय वस्तुको त निर्यात घटेको समेत पाइन्छ । यही तथ्यांकलाई विश्लेषण गरेर निर्यात बढाउन सक्ने देखिन्छ । नेपालमा तथ्यांक लिने र त्यसको विश्लेषण गरेर व्यापार नीति बनाउने प्रचलन नै निकै कम छ । चाहे त्यो सरकार होस् वा निजीक्षेत्र, तिनले निर्यात आँकडाको विश्लेषण गरेको भए निर्यात बढ्ने थियो । आर्थिक अभियानले प्रकाशित गर्ने तथ्यांकोवाच स्तम्भका तथ्यांक हेर्दा नेपालबाट निर्यात सम्भावना बोकेको सम्भावित क्षेत्र प्रशस्त रहेको पाइन्छ । विश्व बैंकको अध्ययनले ५० मुलुकमध्ये सबैभन्दा धेरै सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ । उसको अध्ययनअनुसार नेपालले वार्षिक १० खर्बको निर्यात गर्न सक्छ । तर, अहिले २ खर्बको पनि निर्यात हुन सकेको छैन । भन्सार दरको अन्तरको फाइदा लिन भएका क्षणिक निर्यातमै नेपाल रमाएको पाइन्छ । त्यही कारण कतिपय वस्तुको निर्यात घट्दो समेत रहेको पाइएको हो । तथ्यांकोवाचले देखाएका केही तथ्यांक हेरौं । नेपालबाट १२ ओटा देशमा साढे २ करोड मूल्य बराबरको होजियारी उत्पादन निर्यात भएको पाइन्छ । यसको निर्यात घट्दै अहिले उकालो लागेको समेत देखिन्छ । त्यस्तै नेपालबाट २४ ओटा देशमा झन्डै साढे ७ करोड बराबरको जालीदार शल, स्कार्फ आदि निर्यात हुने गरेको छ । त्यसैगरी, १५ देशमा ७ करोडभन्दा बढी मूल्यको महिलाका टीशर्ट तथा ब्लाउज, २५ देशमा २५ करोड बराबरको पुरुषले लगाउने टीशर्ट निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालको प्रमुख व्यापारिक साझेदार भारतले पीना, मूलाको बीउजस्ता नौओटा वस्तु नेपालबाट मात्रै आयात गर्छ । ५० करोड बराबरको यस्तो वस्तु निर्यात भएको देखिन्छ । त्यसैगरी तयारी मसला ११ देशमा निर्यात भइरहेको छ । नेपालका पत्रपत्रिका र जर्नल नौओटा देशमा निर्यात भएको तथ्यांक पाइन्छ । नेपाली हाते कागजका विविध वस्तुहरूको निर्यात ठूलै परिमाणमा भएको पाइन्छ । पाँच देशमा त कागजका खामसमेत निर्यात भएको पाइन्छ । नेपालबाट ४ देशमा ४८ लाखभन्दा बढीको भोड्का निर्यात भएको छ । यी वस्तुको निर्यातमा अघिल्ला केही वर्ष घटेको देखिन्छ भने आव २०२१/२२ मा भने निर्यात बढेको छ । तथ्यांकोवाचमा नेपाली वस्तुको निर्यातको केही वर्षको प्रवृत्तिलाई समेत देखाइएको छ । कोरोनाका कारण निर्यात प्रभावित भएको देखिन्छ भने केही वस्तुको निर्यात घट्नुमा गुणस्तरको समस्या र उत्पादन बढ्न नसक्नु कारण देखिन्छ । नेपालमा तथ्यांक लिने र त्यसको विश्लेषण गरेर व्यापार नीति बनाउने प्रचलन नै निकै कम छ । चाहे त्यो सरकार होस् वा निजीक्षेत्र, तिनले निर्यात आँकडाको विश्लेषण गरेको भए निर्यात बढ्ने थियो । यी वस्तुको निर्यात बढाउन निर्यात नीतिमै परिवर्तन गर्नुपर्ने देखिन्छ । अहिले सरकारले निर्यातको अनुपातमा अनुदान दिने गरेको छ । तर, निर्यात वृद्धिका आधारमा अनुदान दिने हो भने बढी प्रोत्साहन मिल्छ । बरु यस्तो अनुदानको रकम बढाउनु उपयुक्त हुन्छ । त्यस्तै, निर्यात भइरहेका वस्तुको निर्यात थप बढाउन केके गर्न सकिन्छ भन्नेमा सरकारले विशेष ध्यान दिनुपर्छ । निर्यात गरिरहेका उद्यमी वा निर्यातकर्ताले केके समस्या भोग्नुपरिरहेको छ भनेर सरकारी अधिकारीहरू नै यस्ता वस्तुको उत्पादनकर्ता वा निर्यातकर्ताकहाँ पुग्नुपर्छ । तर, निर्यातकर्ताको माग र सुझावलाई समेत सरकारले बेवास्ता गरेको पाइन्छ । निर्यातकर्ताको मागलाई सम्बोधन नगर्ने हो भने निर्यातमा अनुदान दिने नीति प्रभावकारी नहुने निश्चित छ । अनुदान दिएकै वस्तुको निर्यात घटेको देखिएकाले पनि यो सरकारी नीति प्रभावकारी बन्न नसकेको हो भन्न सकिन्छ । अत: निर्यात प्रवर्द्धनका लागि स्थापना गरिएको सरकारी संयन्त्रले यी तथ्यांकको विश्लेषण गर्नु जरुरी छ । र, त्यसैअनुसार नीति बनाई सरकारलाई सिफारिश गर्नुपर्छ । राज्यको विशेष नीतिकै कारण अन्य देशको उत्पादन र निर्यात बढेको हो भन्ने तथ्य सरकारले बिर्सनु हुँदैन ।

महिलाको प्रमुख रोजगार गन्तव्य

वैदेशिक रोजगारीका लागि जाने नेपाली महिलाहरू मध्ये अधिकांश संयुक्त अरब इमिरेट्स (युएई) जाने गरेको एक तथ्यांकले देखाएको छ।...

मधेस प्रदेशमा बढ्दो सवारी दुर्घटना

मधेस  प्रदेशमा दैनिक १४ वटा सवारी दुर्घटनामा पर्ने गरेको एक तथ्यांकले देखाएको छ । दैनिक दुर्घटनामा  २४ जना मानिस घाइते हुने र एक जनाको मृत्यु हुने गरेको  तथ्यांकले देखाएको हाे । प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला १४ वटासम्म सवारी दुर्घटनामा पर्ने गरेको प्रदेश ट्राफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको छ ।यस आर्थिक वर्षको साउन र भदौमा मात्र प्रदेश भरी कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ जना पुरुष,१ १ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ जनाको

जघन्य अपराध घट्यो, बैंकिङ कसुर र चोरी बढ्यो

पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो । प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिना अर्थात् गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ५ प्रतिशतले वृद्धि भएको देखाएको छ । यसैगरी, सोही अवधिमा चोरीका घटनामासमेत ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ...

विद्युत प्राधिकरणको नाफा र उत्पादन घट्यो, बिजुलीको आयात बढ्यो

नेपाल विद्युत प्राधिकरणको नाफा र बिजुली उत्पादन घटेको तथ्यांकले देखाएको छ ।

कोभिडविरूद्ध महावीर पुन र एनआरएनलाई सघाउँदै एक्स्ट्रा टेक

पढेपछि योग्यता अनुरूपको काम नपाउँदा अस्ट्रेलियामा धेरै विद्यार्थी हतोत्साहित हुने गरेको यहाँको एक अनुसन्धानपछिको तथ्यांकले देखाएको छ।

धनगढीमा कोरोना संक्रमणदर उच्च, उपमहानगरको नियन्त्रण प्रयास फितलो

समग्र कैलाली जिल्लाको तुलनामा उपमहानगरपालिकामा संक्रमणदर उच्च रहेको तथ्यांकले देखाएको छ।