सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा ओली पक्षको प्रदर्शन

बुटवल– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको विरोधमा बुटवलमा एमाले अध्यक्ष केपी ओली समर्थकले प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहामा युवा संघको अगुवाईमा विरोध प्रदर्शन भएको हो। ‘गैरसंवैधानिक परमादेश खारेज गर्’ भन्ने व्यानरसहित उपस्थित भएका उनीहरुले संविधान रक्षाको माग पनि गरेका थिए। सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा आन्दोलन थालेको […]