स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना संक्रमणको जोखिम बढ्यो

उत्तरी छिमेकी मुलुक चीनमा कोरोनाको बीएप ७ भेरियन्ट पुष्टि भएसँगै कोरोनाको लहर अनियन्त्रित रुपमा फैलिएको छ

सम्बन्धित सामग्री

भारतसँग सीमा जोडिएको बैतडीमा छैन कोरोनाविरुद्धको खोप

बैतडी : कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका वेला जिल्लामा कोरोनाविरुद्धको खोपको अभाव भएको छ।  जिल्लाका सबै स्थानीय तहमा खोप अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  भारतसँग सीमा जोडिएको झुलाघाट नाकामै खोप लगाउने कार्यक्रम सञ्चालन गर्ने भनिए पनि खोप अभावकै कारण शुरु हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  ‘छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरी देखिन थालेपछि स्वदेश फर्किनेलाई झुलाघाट नाकामै खोप लगाउने कार्यक्रम थियो’, उनले भने

कोरोना संक्रमणको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालय जनाएको छ ।  यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा

कोरोना संक्रमणको जोखिम बढ्दै, थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

माघ ३, काठमाडौं।  नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पाइएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत आइतवार भने ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४३५ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार उक्त अवधिमा मुलुकका विभिन्न भागका अस्पताल तथा स्वास्थ्य केन्द्रमा कुल १४ हजार १४ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जना र ६ हजार ७३४ ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । हाल मुलुकभरमा ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा झण्डै ४ हजार संक्रमित काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९४३ जना, भक्तपुर  जिल्लामा २०१ जना र ललितपुर जिल्लामा ७९५ जना संक्रमित थपिएका छन्। हाल काठमाडौं उपत्यकामा १९ हजार ३८७ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३ हजार ९८६ जना, ललितपुरमा ३ हजार ५५५ जना र भक्तपुरमा १ हजार ८४६ जना सक्रिय संक्रमित छन्।  मन्त्रालयको तथ्यांक अनुसार अझै एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघको दोस्रो साता उच्च विन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपासमा रहेको छ ।  यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दैनिक २०/ २२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने प्रक्षेपण गरेका छन् ।

स्वास्थ्य सतर्कता र पूर्वतयारीबारे जिल्ला प्रशासनमा छलफल

कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणका उपायबारे काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् । कोरोना संक्रमितको संख्या क्रमशः बढ्दै गएपछि पूर्वसतर्कता अपनाउनेबारे तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीले छुट्टाछुट्टै आन्तरिक तयारी अघि बढाएका हुन् । कोरोना संक्रमण बढ्दै गएमा प्रशासनको भूमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा सोच्ने, विगतको समीक्षा गर्ने र सम्भावित उपायबारे कुराकानी हुने क्रम शुरू भएको प्रशासनका अधिकारीहरू बताउँछन् । यद्यपि यी कुराकानी प्रारम्भिक...

कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओ छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौँ उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो । जिल्लामा आ–आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक […]

कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओले बोलाए छुट्टै बैठक

२५ पुस, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो । जिल्लामा आ-आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज […]

सुदूरपश्चिममा कोरोना संक्रमण जोखिम बढ्दाे

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही साता यता सङ्क्रमणको दरले जोखिम बढ्दै गएको देखिएको हो।असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दशैँ तिहारको बेला घरबाहिर रहेकाहरू गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।उनले भने,‘ गाउँघरमा भीडभाड बढेको छ। परीक्षण हुन पाएको छैन। यसले जोखिम बढाएको छ।’ यसका साथै वर्षापछि विस्थापितहरू एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा

मकवानपुरमा मालपोत र नापी कार्यालयको सेवा आइतबारदेखि बन्द हुने

मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमण दर उच्च भएसँगै निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।  मकवानपुरमा दैनिक ५० जनाको हाराहारीमा संक्रमितहरु बढिरहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, मकवानपुरमा हाल सक्रिय संक्रमितको संख्या ९ सय ९३ जना रहेको छ ।कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाद्यान्न बिक्री गर्ने व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म र अन्य व्यवसायहरु मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म खुल्न अनुमती दिएको छ ।बैङ्क तथ

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै […] The post कोरोना संक्रमणको तेस्रो लहर ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट […] The post कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.