जङ्गली च्याउ खाँदा जुम्लामा एकै घरका ५ जना बिरामी

जुम्ला – जङ्गली च्याउको तरकारी खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् ।  जङ्गली च्याउ खाँदा तिला गाउँपालिका ४ नुवाकोट गाउँका विष्णु हमालकाे परिवारका चारसहित त्यही घरमा बस्ने अर्का एक जना बिरामी भएका छन् । बिरामी पर्नेमा हमालसहित श्रीमती सम्झना, छोरीहरू सबिना र सम्झौता र घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया बिरामी परेका हुन् ।  बिरामी परेकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरील...

सम्बन्धित सामग्री

जङ्गली च्याउ खाँदा एककोे मृत्यु

घोराही – दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो । जङ्गली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलबार […]

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

रसुवा - जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी भएका छन् । आमाछोदिङ्मो गाउँपालिका–५ ताताेपानीमा जङ्गली च्याउ खाएर ११ जना बिरामी भएका हुन् । बिरामी हुनेहरु रसुवा र लमजुङका रहेका छन् । बिरामीमध्ये चार जनालाई त्रिशूली अस्पताल रेफर गरिएको जिल्ला अस्पताल रसुवाले जनाएको छ । जङ्गलमा पाइने च्याउ सकभर नखान जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. निरज फोजुको आग्रह छ ।

रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् ।    जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा.निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ । उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लमजुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्नुहुन्थ्यो भन्नेबारे एकिन थाहा नभएको डा.फोजुले बताए । तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि

जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा ५ जना बिरामी

रुकुम पश्चिम – जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा पाँच जना बिरामी भएका छन् । बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् ।  आशिरामले मङ्गलवार बेलुका जङ्गलबाट ल्याएकाे च्याउ खाँदा पाँच जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । आशिराम खत्रीसहित उहाँकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री घाइते भएका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुकुमार सोतीले जानकारी दिनुभयो ।  उहाँका अनुसार बिरामी पाँचै जनालाई बु...

दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी

दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन्। शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन्।...

दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी

दाङमा जङ्गली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।उनका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत

जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल  मिश्राले बुधबार आयोजित प्रेस ब्रिफिङमा जङ्गली च्याउ विषालु हुने भएकाले नखान आग्रह गरेकी हुन् । बर्खायाममा जङ्गलहरूमा पाइने च्याउहरू विषालु हुने भएकाले खान नहुने उनको भनाइ छ । जङ्गलको विषालु च्याउ खाँदा गम्भीर बिरामी पर्नुका साथै ज्यानै जान सक्ने भएकाले खान नमिल्ने उनले बताइन् । जङ्गली च्याउ पकाएर, पोलेर खाँदा विष कम नहुने हुँदा नखान उनको सुझाव छ । जंगली च्याउन खाएर विभिन्न स्थानमा

सङ्खुवासभा : जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको ज्यान गयो

सङ्खुवासभा – सिलिचोङ गाउँपालिका–५ याफुको खुङडुवामा जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको ज्यान गएको छ । विराटनगरमा उपचारका क्रममा २१ वर्षीया निर्जला राईको ज्यान गएको आफन्त डेविन राईले बताउनुभयो । गएको शुक्रवार जङ्गली च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका थिए । बिरामीमध्ये आठ वर्षकी रोजिना राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएकाे आइतवार ज्यान गएको थियो ।  अर्का आठ वर्षीय सन्दान राईको धरानमा उपचार भइरहेको छ । अरूको अवस्था सामान्य रहेको जिल्ला प्...

जङ्गली च्याउ खाँदा एकको मृत्यु

सङ्खुवासभा।खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ।च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए।च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए।गत बिहीबार जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भइकी थिइन्।