काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेकोभन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेकाले संकटको