विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो ।
सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि नोबेलले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको थियो । कोरोना संक्रमण पुनः बढ्न थालेकाले कोरोना नियन्त्रणमा सहयोग पुर्याउन पीसीआर परीक्षण शुल्क घटाइएको नोबेल अस्पतालका सञ्चालक...